३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ

राम्रो अनलाइन     २५ मंसिर २०८०, सोमबार
३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ

धनगढी– झण्डै तीन किलोग्राम चरेससहित धनगढीमा एम्बुलेन्स चालक पक्राउ परेका छन्। सोमबार बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बझाङको एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका ३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।

उनलाई धनगढी ३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघीय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो। पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया