काठमाडौँ, ९ माघ : असंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटन पुर्नस्थापना हुनु पर्ने माग सहित आन्दोलनमा होमिएको नेकपा (प्रचण्ड–माधव) समूहले निर्धारित कार्यक्रम अनुसार काठमाडौँ उपत्यकामा जुलुस निकालेका छन् ।
काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्ने कार्यक्रम छ ।
माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।