बलिउड अभिनेत्रीहरूको जीवनशैली भव्य र महँगो छ। केही अभिनेत्रीले आफ्नो बिहेमा महँगा पहिरन लगाएका थिए।
ऐश्वर्या राय– १ करोड २० लाख रुपैयाँ
बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन सबैभन्दा महँगो बिहेको लुगा लगाउने अभिनेत्रीमा पर्छिन्। डिजाइनर नीता लुल्लाले उनको बिहेको ड्रेस डिजाइन गरेकी थिइन्। बिहेमा उनले पहेलोँ र सुनौलो रङ मिसिएको कान्जिभरम सारी लगाएकी थिइन्। त्यो सामान्य सारी थिएन। सारीमा स्वारोभ्स्की क्रिस्टल र सुनको धागोले वर्क गरिएको थियो। त्यस परम्परागत सारीमा ऐश्वर्या दिव्य सुन्दरी देखिएकी थिइन् ।
शिल्पा शेट्टी– ८० लाख रुपैयाँ

चर्चित डिजाइनर तरुण ताहिलियानीले बलिउड अभिनेत्री शिल्पा शेट्टीको बिहेको पहिरन डिजाइन गरेका थिए। बिहेमा उनले रातो रङको सारी लगाएकी थिइन्। उनले लगाएको सारीलाई आठ हजार स्वारोभ्स्की क्रिस्टलले डिजाइन गरिएको थियो। उनको बिहे भएको लामो समय भइसक्यो, तर उनको ब्राइडल लुक अहिले पनि धेरैका आँखामा ताजै छ।
करिना कपुर– ८० लाख रुपैयाँ

बलिउड अभिनेत्री करिना कपुर पनि बेहुलीको महँगो पहिरन लगाउनेमा पर्छिन्। उनले बिहेमा लगाएको लेहंगालाई डिजाइनर रितु कुमारले पुनः डिजानइ गरेकी थिइन्। किनभने, उनले आफ्नी सासू शर्मिला टैगोरकै बिहेको लुगा लगाएकी थिइन्।
अनुष्का शर्मा– ४८ लाख रुपैयाँ

अनुष्का शर्माको बिहेको पहिरन प्रसिद्ध डिजाइनर सब्यासाची मुखर्जीले गरेका थिए। पहेँलो र गुलाबी रङको लेहंगामा उनी भव्य देखिएकी थिइन्। उनी बलिउडकी सुन्दरतम बेहुलीमध्ये एक थिइन्।
जेनेलिया डी सुजा– २७ लाख रुपैयाँ

अभिनेत्री जेनेलिया डी सुजाले क्रिस्चियन परम्परा र महाराष्ट्रको परम्पराअनुसार विवाह गरेकी थिइन्। उनको विवाह पहिरन प्रसिद्ध फेसन डिजाइनर नीता लुल्लाले तयार पारेकी थिइन्। महाराष्ट्रीय शैलीको सारीको बोर्डरमा गोल्ड वर्क गरिएको थियो।