कैलालीमा जाल्पादेवी केबलकारकोे काम सुरु, दुई महिनामा सम्पन्नको लक्ष्य

राम्रो अनलाइन     ०२ वैशाख २०८३, बुधबार
कैलालीमा जाल्पादेवी केबलकारकोे काम सुरु, दुई महिनामा सम्पन्नको लक्ष्य

धनगढी– सुदूरपश्चिमको कैलालीस्थित चिसापानीमा जाल्पादेवी केबलकार आयोजनाको काम सुरु गरिएको छ । 

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रकाश ढकालले वैशाख १ मा उक्त आयोजनाको शिलान्यास गरेका हुन् । केबलकार चिसापानीदेखी पर्यटकीय क्षेत्र राजकाँडासम्म पुर्‍याउने लक्ष्य रहेको छ । उक्त आयोजनामा केबलकारको १४ वटा टावर हुने छ । त्यसमध्ये १३ नम्बरको टावर शिलान्यास गरिएको हो । 

यो आयोजना केवल पूर्वाधार विकासमा सीमित नभई क्षेत्रीय पर्यटन प्रवर्द्धन,रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि महत्त्वपूर्ण रहेको आईएमई ग्रुपको विश्वास छ ।

लम्कीचुहा–१० का वडाध्यक्ष लवबहादुर शाहले पनि समान विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया