महोत्तरी, बारा र सुनसरीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

राम्रो अनलाइन     ०३ चैत २०८२, मङ्गलबार
महोत्तरी, बारा र सुनसरीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौं – महोत्तरी, बारा र सुनसरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । 

महोत्तरीको बर्दिबास नगरपालिका–१ रातोपुलस्थित सडकमा प्रदेश ३–०१–००६ ख ०७३८ नम्बरको ट्रकले म प्र ०२–००८प ९४६८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–१४ बस्ने ४१ वर्षीय अशोक साहको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वास्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको  हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बारा, सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकल चालकको समाज अस्पताल कलैयामा र सोही मोटरसाइकलमा सवार १ जनाको  हिमाल अस्पताल वीरगन्जजमा उपचार भइरहेको छ । बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सुनसरी, बर्जु गाउँपालिका–२ स्थित सडकमा प्र १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ विराटनगर महानगपालिका–१४ बस्ने ३२ वर्षीय जय कृष्ण यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया