शिवम् सिमेन्ट्सको हटौंडा अस्पताललाई सहयोग

राम्रो अनलाइन     ०५ जेठ २०७८, बुधबार
शिवम् सिमेन्ट्सको हटौंडा अस्पताललाई  सहयोग

शिवम् सिमेन्ट्स लिमिटेडले वागमती प्रदेशको हेटौडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई विभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको छ ।

जस्तै १२० थान अक्सिजन भरिएका अक्सिजन सिलिण्डिर, ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान, ३० थान मेडिकल बेड र ५ थान सीसीयू बेड, तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु कम्पनीले दिएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सहयोग स्वरुप हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।

सहयोगका कारण यस क्षेत्रका कोराना काकारण स्वास्थ्य उपचारबाट बन्चित वासिन्दा एवं सर्वसाधारण नागरिकहरुले स्वास्थ्यउपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग प’ग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया