लुम्बिनी प्रदेशका जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

राम्रो अनलाइन     ०३ जेठ २०७८, सोमबार
लुम्बिनी प्रदेशका जसपाका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया