भक्तपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

राम्रो अनलाइन     १८ कात्तिक २०८२, मङ्गलबार

भक्तपुर– भक्तपुरमा १३ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ घर भएका २१ वर्षीय सन्तोष भुजेल छन् । उनलाई प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

सोमबार दिउँसो बालिकामाथि बलात्कार भएको सूचना आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया