काठमाडौँ– माइतीघर मण्डलामा आयोजित जेनजीको प्रदर्शन स्थलमा एसपी र आधा दर्जन डीएसपीहरूले सुरक्षा कमाण्ड गर्ने भएका छन् । माइतीघर र बानेश्वर क्षेत्रको कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्ने भएका हुन् ।
सो क्षेत्रमा प्रहरीका ६ जना डीएसपीहरू पनि खटिनेछन् । प्रदर्शन स्थलमा सशस्त्र प्रहरीको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्वमा गर्नेछन् ।
काठमाडौँका अपरेशन कमाण्डर सुन्दर तिवारी, प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा, नगर प्रहरीका डीएसपी मञ्जिल मुकारुङ र सिंहदरबार वृत्तका डीएसपी जनार्दन घिमिरे सहित ६ जना परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।