‘मिस नेपाल इन्टरनेशनल्सको ट्यालेन्ट शो सम्पन्न’ (तस्बिरसहित)

राम्रो अनलाइन     १७ भदौ २०८२, मङ्गलबार
‘मिस नेपाल इन्टरनेशनल्सको ट्यालेन्ट शो सम्पन्न’ (तस्बिरसहित)

काठमाडौँ– ठमेलस्थित ‘झो क्लब’ मा ‘मिस नेपाल इन्टरनेशनल्स २०२५’ को ट्यालेन्ट शो सम्पन्न गरिएको छ । उक्त ट्यालेन्ट शोमा १७ बर्षदेखि ५९ बर्षका प्रतियोगीहरूले क्रमशः अभिनय, गायन, कविता वाचन, नृत्य साथै विभिन्न अद्भुत कलाहरू प्रस्तुत गरे । 

‘मिस नेपाल इन्टरनेशनल्स २०२५’ को आधिकारिक कोरियोग्रफर एव सञ्चारकर्मी जयन सुब्बा मानन्धर, इमेन्ट फर यूका प्रबन्ध निर्देशक बिशाल गुरुङ, वरिष्ठ गायिका देविका बन्दना,  नायिका एवं गायिका पूजा लामा, वरिष्ठ शास्त्रीय नृत्यकार सँगीता शाही खड्गी एवं  हिमालयन ब्रुअरीका महाप्रबन्धक श्याम श्रेष्ठ आदिको निर्णायक  भूमिका रहेको थियो । कार्यक्रमको सञ्चालन निकिता आचार्यले गरेकी थिइन् । 

ट्यालेन्ट शोका  साथै प्रतियोगीहरू बेस्ट ड्रेस शोमा विभिन्न जातीय पोशाकहरू पहिरिएर आकर्षक रूपमा प्रस्तुत भएका थिए । आगामी शनिबार अर्थात भदौ २१ गते प्रतियोगिताको फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक ‘क्राब बोटक्स हेयर स्याम्पु टिट्रमेन्ट’ रहेको छ ।

प्रतिक्रिया