‘सेवा नै धर्म हो’ भन्ने जीवनको लक्ष्य बनाएकी समृद्धि मानसिक स्वास्थ्यलाई सबैभन्दा महत्वपूर्ण मान्छिन् । उनी मानसिक स्वास्थ्यलाई लिएर उत्पन्न हुने कुराहरुलाई निर्मूल पार्न यो प्लेटफर्म प्रयोग गरी आवाजविहीनहरूको आवाज उठाउने र आशा दिन चाहन्छिन् । यसका लागि मिस नेपालमा सहभागी भएको बताउँछिन् । ‘म आवाज, विकास र उद्देश्यको शक्तिमाथि विश्वास गर्छु । मेरो लागि मिस नेपाल केवल एउटा ताजमात्र होइन, यो त्यस्ता कथाहरू प्रतिनिधित्व गर्ने मञ्च हो जसले साँच्चिकै महत्व राख्छन् । जहाँ बाधाहरूलाई चुनौती दिने दृढताका साथ नेतृत्व गर्ने अवसर हो ।’ यस्तै यस यात्रामार्फत म अरूलाई प्रेरणा दिन चाहन्छु, आफ्नो पहिचानलाई आत्मसात गर्न चाहन्छु, र ती विषयहरूको वकालत गर्न चाहन्छु जुन मलाई गहिरो रूपमा महत्वपूर्ण लाग्छन् । विशेषत म मानसिक स्वास्थ्य, आत्म–मूल्यबोध र दिगो जीवनशैलीलाई महत्वका साथ यस मञ्चबाट आवाज उठाउन चाहान्छु ।

