मणिग्रामकी २५ वर्षकी संस्कृति भट्टराई पेशाले मनोचिकित्सक हुन् । युवा मनोचिकित्सकका रुपमा परिचित उनी मानसिक स्वास्थ्य पनि शारीरिक जस्तो महत्वपूर्ण मान्छिन् । ‘मिस नेपाल’ प्लेटफर्ममार्फत अरूलाई मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउन चाहन्छिन् । उनी भन्छिन्,‘म यस मञ्चमार्फत विशेषगरी मानसिक स्वास्थ्य जस्तो विषय, जुन हाम्रो समाजमा प्रायः बेवास्ता गरिन्छ । त्यसलाई सशक्त रुपमा अघि बढाउँछु’ । यसैगरी उनी मिस नेपालले महिलाहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्ने बताउँछिन् । यो प्रतियोगिताले महिलाहरूलाई अघि बढ्न प्रेरणासमेत दिने भएकोले निकै उपयोगी रहेको बताउँछिन् । यसले मलाई सार्वजनिक रूपले बोल्ने अवसर र समुदायमा प्रेरणादायी व्यक्तित्व बन्ने अवसर प्रदान गर्ने भएकाले मिस नेपालमा सहभागी भएको हुँ ।


