मिस नेपाल मेरो बाल्यकालदेखिको सपना हो : श्रुती मर्हजन

राम्रो अनलाइन     २३ साउन २०८२, शुक्रबार
मिस नेपाल मेरो बाल्यकालदेखिको सपना हो : श्रुती मर्हजन

आमसञ्चार विषयमा स्नातक तह उतीर्ण गरेकी श्रुती स–साना कार्यहरूले नै ठूलो परिवर्तन सिर्जना गर्छ भन्ने कुरामा विश्वास गर्छिन् । मिस नेपाल उनको बाल्यकालदेखिको सपना हो । उनी सानैदेखि आफ्नो खुबीले अरुलाई प्रमाणित गर्न चाहन्थिन् । त्यसैले उनी मिस नेपालमा सहभागी भएकी हुन् । ‘म पनि अरुको जस्तै सपना बोकेर मिस नेपालमा सहभागी भएकी हुँ । किनकी म आफैँलाई प्रमाणित गर्न चाहन्थे र मेरोे सपना पुरा गर्न चाहान्थेँ । तर अब यो यात्रामा मिस नेपाल भन्दा ठुला सपनाहरू जोडिसकेका छन् ।’ उनी भन्छिन, ‘वृद्धाश्रममा बिताएको समयमा मैले धेरै कुराहरू देखे कति धेरै जेष्ठ नागरिकहरू बेवास्ताको शिकार भएर एक्लो महसुस गरिरहेका छन् भन्ने थाहा भयो । अब म मिस नेपालमार्फत यस्तो काम गर्न चाहान्छु जसले उनीहरूलाई सम्मानितसँग रहन प्रेरित गर्नेछ । मिस नेपाल ताज मेरो बाल्यकालको सपना मात्र होइन, अरूलाई सेवा गर्ने सपना समेत बनेको छ ।’

 

 

प्रतिक्रिया