मिस नेपालमार्फत पर्यटनमा योगदान गर्न चाहन्छिन् श्रीयानी

राम्रो अनलाइन     २२ साउन २०८२, बिहिबार
मिस नेपालमार्फत पर्यटनमा योगदान गर्न चाहन्छिन् श्रीयानी

अष्ट्रेलियाबाट विजनेसमा व्याचलर डिग्री उतीर्ण गरेकी श्रीयानी नेपालको पर्यटन उद्योगको प्रतिनिधित्व गर्न नेपाल फर्किएकी हुन् । उनी नेपालका स्थानीय समुदायका संस्कृतिको संरक्षण गर्दै त्यसलाई वातावरणीय र सामाजिक रुपमा अघि लैजान चाहान्छिन् । मिस नेपालको प्ल्याटफर्म नेपालको पर्यटन प्रवद्र्धनमा उपयोग गर्ने उनको योजना रहेको छ । 

उनी मिस नेपालको मञ्चलाई उद्देश्यपूर्ण रूपमा प्रयोग गर्न चाहन्छिन् । उनी दीगो विकासमा आधारित परियोजनाहरूमा संलग्न छिन्, जसले स्थानीय समुदायलाई सशक्त बनाउने र इको–पर्यटन तथा पुनरुत्पादक पर्यटनलाई प्रवर्द्धन गर्ने कार्यमा सहयोग पुर्‍याउँछ । यस मञ्चले उनलाई वातावरणीय संरक्षण र सामाजिक समावेशीताका विषयमा व्यवहारिक आवाज दिने अवसर प्रदान गर्ने विश्वास गर्छिन् । मिस नेपालको माध्यमबाट उनी केवल आफ्नो प्रतिनिधित्व गर्न मात्र होइन, नेपालका दूरगामी र सकारात्मक पहलहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न चाहन्छिन्।

प्रतिक्रिया