मिस एसइई पोखराको ताज प्रिन्सुलाई

राम्रो अनलाइन     ३२ असार २०८२, बुधबार
मिस एसइई पोखराको ताज प्रिन्सुलाई

काठमाडाैं– दशाैँ संस्करणकाे मिस एसइई पोखराको ताज प्रिन्सु गुरुङ्गले हात पारेकी छिन् । १० औं संस्करणकाे उपाधिसँगै प्रिन्सुले मिस बेस्ट स्माइल एव मिस पर्सनालिटीको अर्वाड समेत आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् । 

प्रतियोगितामा क्रमशः फष्ट रनर्रअपमा लमजुङकी चाहाना गुरुङ्ग, सेकेन्ड रनरअपमा रानीपौवाकी आइको बटाजु बिजेता बनिन् । यस्तै प्रतियोगिताकी फष्ट रनर्रअप चाहनाले मिस टेलेन्ट एव मिस पपुलारिटीको अर्वाड समेत हात पारिन् । अन्य सब टाइटलहरुमा क्रमशः मिस बेस्ट वाक समीता थापा मगर, मिस  फोटोजेनिकमा सुस्मित जैसीले हात पारिन् ।  

जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको उक्त ब्युटी पेजेन्टमा नेपाल फेशन एकेडमीका बिद्यार्थीहरुले तयार  पारेको बिभिन्न आकर्षक पहिरनहरुमा सहभागीहरु रेम्पमा प्रस्तुत भएका थिए । लेक साइड स्थित लेभल क्ल्बमा सम्पन्न मिस एस.ई ई पोखरा २०२५ को निर्णायकहरूमा मुख्य निर्णायक चिफ जुरी पूर्व रेम्प मोडल, नायिका एव गायिका पूजा लामा, सामाजिक अभियन्ता देवी थापा गुरुङ्ग, मिस एस.एल.सी २०१६ की प्रेरणा पराजुली, मिस पोखरा २०२५ की सृष्टि खडका रहेका थिए ।

प्रतियाेगितामा एच कोरियन अफिसियल ब्युटी पार्टनरकाे रूपमा रहेको थियाे । कार्यक्रममा पोखरा गण्डकी प्रदेश LGBTQ का अध्यक्ष बिन्दीया गौतमलाई आफ्नो क्षेत्रमा योगदान गोबापत  सम्मान गरिएको थियो । प्राइड मन्थलाई मध्यनजर गर्दै गत वर्षदेखि LGBT का लगि हरेक बर्ष सम्मान गरिने गरेकाे इभेन्ट फर यु का अधक्ष बिशाल गुरुङले जानकारी गराए ।

अन्तराष्ट्रिय ब्युटी पेजेन्टमा सहभागी हुन प्रिन्सु केरेला प्रस्थान

१० औं संस्करणकाे मिस एस ई ई पोखराकी बिजेता प्रिन्सु गुरुङ्ग अन्तराष्ट्रिय ब्युटी पेजेन्ट Teen Glam World 2025 मा सहभागी जनाउन नेपाल को प्रतिनिधित्व गर्दै केरेला प्रस्थान गरेकी छन् । उनी  ११ जुलाइ देखि शुरू भएकाे ब्युटी  पेजेन्टमा नेपाल को प्रतिनिधित्व गर्दै  भारत को केरेला राज्य मा पुगेकी हुन् ।

११ जुलाई देखि १७ जुलाईसम्म हुने उक्त  ब्युटी प्याजेन्ट गाेकुलम कनभेन्सन सेन्टरमा  ५ः३० बजे ब्युटी पेजेन्ट को ग्राण्ड फिनाले हुनेछ  

प्रतिक्रिया