चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

राम्रो अनलाइन     १८ असार २०८२, बुधबार
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

दमौली– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उहाँको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो । 

समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।

विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात हुन्छन् । 

भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उहाँलाई आदिकवि उपाधि दिएका हुन् । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेखेका हुन् ।  उनका ती कृतिका पाण्डुलिपि सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उहाँ नेपाली साहित्यिमा स्थापित भएका मान्छिन् । 

प्रतिक्रिया