विश्व शान्ति पूजा गर्दै पोर्चुगलमा बुद्धजयन्ती मनाइयो

राम्रो अनलाइन     ३० वैशाख २०८२, मङ्गलबार

लिस्बन– युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९ औँ जन्मजयन्ती मनाइएको छ । 

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजना तथा यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सहआयोजनामा सोमबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो । सो अवसरमा आन्जोसस्थित एभरेष्ट नेपाल रेष्टुरेन्टको हलमा लामा गुरुद्वारा गौतम बुद्धको विशेष पूजाआराधना गरिएको थियो । विश्व शान्तिका लागि शान्ति पूजा र दीप प्रज्वलनसमेत गरिएको थियो । 

गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यका साथ विश्व शान्ति पूजासहित दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाइएको नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले बताए ।  

प्रतिक्रिया