‘बुद्ध दर्शनले राष्ट्रिय एकतालाई सुदृढ पार्छ’

राम्रो अनलाइन     २९ वैशाख २०८२, सोमबार
‘बुद्ध दर्शनले राष्ट्रिय एकतालाई सुदृढ पार्छ’

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुद्ध दर्शनलाई अवलम्बन गर्न सके मुलुक चाँडै शान्ति, स्थायित्व र समृद्धिको पथमा लम्कन सक्ने बताएका छन् । 

भगवान् गौतमबुद्धको २५६९औँ जन्मजयन्ती तथा किरात समुदायको उभौली पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति, भाषाभाषीबीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ र सबल बनाउन गौतमबुद्धका उपदेशले मार्गदर्शन प्रदान गर्ने बताएका हुन् ।  

‘बुद्धले दिनुभएको करुणा, अहिंसा, समता र शान्तिको मार्ग आजको सन्दर्भमा उत्तिकै सान्दर्भिक भएको छ, उहाँका शिक्षाले हामीलाई आत्मपरीक्षण, अनुशासन र मानव सेवाको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ’, मुख्यमन्त्री पाण्डेद्वारा जारी  शुभकामना सन्देशमा उल्लेख छ । बुद्धजयन्ती एवं उभौली पर्वले सबै नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेमा उहाँले विश्वास व्यक्त गरेका थिए । 

प्रतिक्रिया