धनगढीमा कोभिड १९ संक्रमणबाट चारको मृत्यु

राम्रो अनलाइन     २० वैशाख २०७८, सोमबार
धनगढीमा कोभिड १९ संक्रमणबाट चारको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार कोभिड १९ सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा  लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा  –१० की ३५ वर्षीया महिला  छन् ।

ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका –२ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा अज बिहान ५ बजेका समयमा मृत्यु भएको जोशीले जानकारी दिए । सेतीमै उपचाररत  कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको बताइएको छ  ।
 

प्रतिक्रिया