काठमाडौँ– शुक्रबारदेखि रिलिजमा आएका दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को बक्स अफिसमा दयनीय अवस्था देखिएको छ ।
उदय सुब्बाको निर्देशनमा तयार भएको फिल्म ‘दुई कदम’ले हलमा दर्शक नै पाएन । सुनील थापा, गौरव पहारीको साथमा दुई नव–कलाकार इओन लिम्बु र सिमोन गिरी अभिनित फिल्मले दर्शकको साथ पाएन । ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र छ ।
यस्तै, निर्देशक आशुतोषध्वज कार्कीको निर्देशनमा मनोवैज्ञानिक विधामा आधारित रहेर तयार गरिएको फिल्म ‘जम्प’ले पनि दर्शक पाएन । दुई नेपाली फिल्मले दर्शक नपाउँदा मङसिर महिना व्यापारिक रुपमा सबैभन्दा कमजोर रहन पुग्यो ।