दुर्गा प्रसाईं र ‘बडिगार्ड’लाई १२ दिन हिरासतमा राख्न अनुमति

राम्रो अनलाइन     २९ चैत २०८१, शुक्रबार

काठमाडाैं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र बडिगार्ड दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।  

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनलाई उत्तेजित बनाएर प्रसाईं फरार भएका थिए। बिहिबार मात्र उनी भारत आसामबाट पक्राउ परेका थिए। 

प्रतिक्रिया