इभेन्ट्स फर यूको आयोजनामा भइरहेको लिटिल मिस एण्ड मिस्टर युनिभर्स नेपाल –२०२५ मा ३० जना बालबालिकाले प्रतिस्पर्धा गरिरहेका छन् । इभेन्ट्स फर यूका अध्यक्ष विशाल गुरुङले नेपालबाट वीनर भएका प्रतियोगीले दुबईमा आयोजना हुने २० औँ संस्करणको लिटिल मिस एण्ड मिस्टर युनिभर्स प्रतियोगितामा भाग लिने अवसर पाउने जानकारी दिए । यो प्रतियोगितको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरिरहेकी छिन् । प्रतियोगीहरूलाई ग्रुमिङ क्लासमा जीवनपयोगी विभिन्न तालीम प्रदान गरिएको छ । प्रतियोगीहरूले ग्रुमिङ क्लास आफूहरूका लागि अति नै उपयोगी भएको प्रतिक्रिया दिएका छन् ।
सिया पुन

काठमाडौं गंगबुकी सिया पुन नेसनल मोडल साइन्स स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् । उनलाई डान्स र मोडलिङमा रुची छ । उनी आफूलाई रुची भएको क्षेत्र भएकाले मिस एण्ड मिस्टर युनिभर्स नेपाल –२०२५ प्रतियोगितामा भाग लिएको बताउँछिन् । उनलाई उनका बुबाले यो प्रतियोगितामा भाग लिन र केही सिक्न प्रेरणा दिइरहनु भएको छ । उनी बुबासँगै ग्रुमिङ क्लासमा आउने गरेकी छिन् । भविष्यमा पनि मोडलिङमा लाग्ने सियाको योजना छ ।
ग्रुमिङ क्लासबाट सियाले मोडलिङको आधारभूत ज्ञान हासिल गर्नुको साथै आफ्नो प्रतिभा कसरी प्रस्तुत गर्ने भनेर सिक्न पाएको बताइन् । ग्रुमिङ क्लास लिएपछि आफूमा कन्फिडेन्ट बढेको सिया बताउँछिन् ।
आयुष तिवारी

काठमाडौं धापासीका आयुष तिवारी त्रियोग सेकेण्डरी स्कुलमा कक्षा नौमा अध्ययनरत छन् । उनी विज्ञान र खेलकुदमा रुची राख्छन् । बिदाको समयलाई सदुपयोग गर्दै मिस एण्ड मिस्टर युनिभर्स नेपाल –२०२५ प्रतियोगितामा भाग लिएको बताउँछन् । ‘म कराँतेपनि खेल्छु । तर जाडो महिनामा स्कुल बिदा भएको समयमा यतिकै दिन बिताउनु भन्दा केही गरौँ भन्ने सोचेको थिएँ, अनि त्यही बेला यो प्रोग्रामको बारेमा थाहा पाएँ, अनि भाग लिएँ । ’
कार्यक्रममा सहभागी भएपछि आयुषले धेरै कुरा सिक्ने मौका पाएँ । ‘पहिला राम्रोसँग बोल्न नजान्ने म अहिले बोल्न सक्नेभएको छु । घरमा पाहुना आउँदा ममीले बोल्न लगाउनुभयो भने मात्रै बोलिन्थो, अहिले अलि बोल्न र आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा सिक्न पाएको छु । मलाई विज्ञानमा रुची भएको हुनाले सायद अबको दश वर्षमा म आफूलाई डाक्टरको रुपमा हेर्न चाहान्छु ।’
विवेक थापा

सिन्धुपाल्चोकका विवेक थापा १७ वर्षका भए । उनले ख्वाप कलेजबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेका छन् । नयाँ कुराहरू सिक्न रुचाउने उनी फेशन, आर्ट तथा एटीट्युडबारे जान्न कार्यक्रममा सहभागी भएको बताउँछन् । ‘फेशनमा म पहिलबाटै नै रुची राख्थेँ । सोसल मिडियामा पनि यसबारे देखिरहेको हुन्थेँ, चान्स पनि आयो भाग लिगिहालेँ’, उनी भन्छन् । विवेकका परिवारले विवेकलाई कहिल्यैपनि फेशनमा लाग्नबारे रोकेनन् । ‘जुन विधामा रुची छ त्यहीमा लाग मन नलागेको काम गर्दा केही प्रगति गर्न सकिदैनन्, जे गर्न मन लाग्छ, त्यही गर । विवेकपनि रुची भएकै क्षेत्रमा लागे, मोडलिङतिर ।
कार्यक्रममा सहभागी भएपछि विवेकले धेरै अन्तर पाएका छन् । ‘हिड्ने देखि लिएर लगाउने, बोल्ने तरिका सबैमा भिन्नता पाए । ‘रुचीको क्षेत्र भएकाले सबैकुरा छिटो सिकिरहेको छु । त्यसैले भविष्यमा पनि रुची भएकै क्षेत्र मोडलिङ या फेशनमा नै लाग्ने छु ।’
सन्दिप भट्ट

काठमाडौं कंलकीका सन्दिप भट्ट एलआरआई स्कुलमा अध्ययनरत छन् । १७ वर्षका उनी कक्षा ११ का विद्यार्थी हुन् । यो प्रतियोगिताको बारेमा सन्दिपले सामाजिक सञ्जालमार्फत थाहा पाए । ‘मोडलिङमा पहिलादेखि नै रुची थियो, सानैदेखि मोडलिङमा लाग्छु भन्ने सोचेको थिए, त्यसैले सामाजिक सञ्जालमा विज्ञापन देखेर अप्लाई गरे ।’ प्रतियोगितामा भाग लिएपछि सन्दिपले धेरै सिक्ने मौका पाएका छन् । कोरियोग्राफी, आफ्नो परिचय दिने , अरुको अघि प्रस्तुत हुने आदि । ‘सुरुमा त के गर्ने भन्ने थाहा हुदैँनथियो, यहाँ आएपछि कोरियोग्राफी, आफूलाई प्रस्तुत गर्ने तरिका, पसर्नालिटी डेभलपमेन्टका कुरा आदिबारे सिक्ने मौका पाएँ । ’
‘मलाई डाक्टर भन्नु छ । ’ उनी आफ्नो भविष्यको योजना सुनाउँछन्, ‘सर्वप्रथम मलाई डाक्टर बन्न मन छ, त्यसका लागि धेरै मेहेनत गर्ने छु , र यदि डाक्टर भइँन भने इन्जिनियरिङ गर्ने छु ।’
रिदम श्रेष्ठ

भक्तपुरका रिदम श्रेष्ठ कक्षा ९ मा पढ्दै छन् । १५ वर्षीय उनी हाइटी छन् । फुटबल खेल्नमा रुची राख्ने उनलाई नयाँ नयाँ कुरा सिक्न मनपर्छ । त्यसैले कार्यक्रममा सहभागी भएको बताउँछन् ।
‘मलाई नयाँ कुराहरू सिक्न मन पर्छ, बुबाआमाले पनि नयाँ कुरा सिक, गर भन्नुहुन्छ त्यसैले नयाँ कुरा सिक्न सहभागी भएको हो’, उनले भने । रिदमले यो प्रतियोगिताको क्रममा धेरै कुरा सिकेको बताउँछन् । ‘स्टेजमा कसरी हिँड्ने बोल्ने, फेशनका कुरा, अरुको अघि कसरी बोल्ने आदिबारे धेरै सिक्न पाएँ ।’
रिवाज लामा

भक्तपुरका रिवाज लामा महेन्द्र विद्या आश्रममा कक्षा ७ मा पढ्दै छन् । १३ वर्षका रिवाज कन्फिडेन्ट छन् । तर अझैँ कन्फिडेन्ट हुन र आफूमा भएका कमजोरी सुधार गर्न कार्यक्रममा सहभागी बताउँछन् ।
‘म पहिला बोल्न डराउँथे, अरुसँग बोल्न डर लाग्थ्यो तर यहाँ आएको दुई तिन ओटा क्लासपछि नै अरुसँग बोल्न सक्ने भएको छु’, उनले भने । उनी विद्यालयका मध्यम छात्र हुन, तर गणितमा उनी ट्यालेनट छन् । ‘अरु विषयमा त ठिकै छु, तर मलाई म्याथ धैरै मन पर्छ । ’ उनी भन्छन्, ‘त्यसैले भविष्यमा म्यानेजमेन्ट पढ्ने योजना छ ।’
आयुष्मान श्रेष्ठ

ललितपुर पाटनका आयुष्मान श्रेष्ठ होराइजन इङ्लिस स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । १५ वर्षका उनले मोडल बन्ने सपना राखेका छन् । त्यसैले उनी सपना पछ्याउँदै लिटिल मिस एण्ड मिस्टर युनिर्भस नेपाल प्रतियोगितासम्म आइपुगेकाका हुन् ।
‘मलाई मोडल बन्न मन थियो, त्यसैले यहाँ आएको हो ।’ उनी भन्छन्, ‘बुबाआमाले पनि राम्रो छ भनेर सर्पोट गर्नुहुन्छ , र पछि पनि मोडलिङ नै गर्ने छु ।’ उनी कार्यक्रममा भएका विभिन्न टे«निङहरूले आफूलाई धेरै कुराको ज्ञान दिएको बताउँछन् । ‘यहाँ धेरै कुरा सिकेको छु , बोल्न, आफ्नो परिचय दिन र फेशनबारे धेरै सिकेको छु ।’
संयोग राई

ओखलढुङ्गाका संयोग राई बागमति बोर्डिङ स्कुलमा पढ्दै छन् । उनी कक्षा ७ का विद्यार्थी हुन् । १३ वर्षका उनी कन्फिडेन्ट छन् । बोल्न डराउँदैनन् । तर, पनि आफूूमा कन्फिडेन्ट बढाउन र आफूलाई चेन्ज गराउन कार्यक्रममा सहभागी भएको बताउँछन् । ‘पहिला पनि कन्फिडेन्ट त थिए तर, यहाँ आएपछि अझैँ कन्फिडेन्ट भएको नजानेको धेरै कुराहरू सिक्न पाएको छु । ’
उनी भन्छन्, ‘पहिला त कसरी बोल्ने, अरुको अघि कसरी आफ्नो बारे भन्ने, म्यानर, कन्फिडेन्ट आदिबारे सिक्न पाएको छु । ’ संयोगलाई परिवारको पूर्ण साथ छ । विद्यालयमा समेत राम्रो छवि बनाएका उनको आर्मी भनेर देशको सेवा गर्ने सोच छ । भन्छन्, ‘पछि मलाई आर्मी बन्नु मन छ । किनकी आर्मीले देशको सेवा गर्छ । ’
कारशाङ तामाङ

दोलखाका कारशाङ तामाङ इमाडोलको चिल्डे«न गार्डेनमा पढ्दै छन् । कक्षा ७ मा पढ्ने उनी १३ वर्षका भए । उनी कन्फिडेन्ट बढाउन कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा बारे उनले स्कुलमा थाहा पाए र सहभागिता जनाए । कार्यक्रममा कारशाङले बोल्ने, हिड्ने आदि कुराहरू सिकेका छन् । उनी भन्छन्, ‘ कार्यक्रममा मैले बोल्न, हिड्न , कन्फिडेन्ट हुन धेरै कुराहरू सिकेको छु । पहिला नयाँ मान्छेसँग बोल्न डर लाग्थ्यो, तर अहिले कम भएको छ । ’ खेलकुदमा रमाउने उनलाई भविष्यमा भने फुटबलर बन्ने सोच छ ।
उदय मगर

झापाका उदय मगर काठमाडौंको हेराल्ड इन्टरनेसनल कलेजमा अध्ययनरत छन् । १६ वर्षीय उनी कक्षा ११ मा म्यानेजमेन्टका विद्यार्थी हुन् । कार्यक्रम बारे उनले भाइबाट जानकारी पाए । सानैदेखि मोडलिङ प्रति चासो भएका उनी भविष्यमा पनि मोडलिङ गर्ने बताउँछन् । ‘सानैदेखि मोडलिङमा नै लाग्छु भन्ने सोचेको थिएँ । पहिलका पनि स्टेज प्रोग्राम गरेको छु । तर मलाई यो इन्टरनेसनल प्रोग्राम भएकोले यही मन परेको छ’, उनले भने ।
कार्यक्रममा सहभागी भएपछि उनले आफूमा निकै भिन्नता पाएका छन् । उनी भन्छन् ‘अरुको अघि बोल्न, हिडन, आफ्नो परिचय दिन आदिबारे धेरै कुरा सिकेको छु । ’
आर्य मानन्धर

काठमाडौं ठमेलका आर्य मानन्धर १७ वर्षका भए । आर्शिवाद कलेजमा होटल म्याजेनमेन्ट गरिरहेका उनी कक्षा १२ मा पढ्दै छन् । कार्यक्रमबारे उनलाई शिक्षकले जानकारी दिएका थिए । मोडलिङ आर्यको पहिलादेखि नै रुचीको क्षेत्र हो । कार्यक्रममा सहभागी भएपछि आर्यले आफूमा धेरै कुराको अन्तर पाएका छन् । नयाँ व्यक्तिसँग बोल्दा अतालिने उनी आजकाल शन्तसँग बोल्न सक्छन् । उनी भन्छन्, ‘यहाँ आएपछि धेरै कुरा चेन्ज भएको छ, बोल्न हिड्न , अरुको अघि आफूलाई चिनाउन , वाक गर्न शान्त रहन, र पोस्चरको बारेमा पनि धेरै सिकेको छु । ’
यस्तै उनी प्रतियोगितामा सहभागीपछि नयाँ मान्छे र स–साना कुरमामा समेत रुची लाग्न थालेको सुनाउँछन् । ‘पहिला वास्ता नलाग्ने कुरा पनि यहाँ आएपछि रुची हुन थालेको छ । र साना कुरामा पनि ध्यान जान थालेको छ ।’ यस्तै उनको भविष्यको मुख्य योजना सेफ बन्ने हो । यससँगै मोडलिङलाई पार्टटाइम जबको रुपमा लैजाने सोच बनाएका छन् आर्यले ।
रुस्तम रोक्का

भक्तपुर दुवाकोटका रुस्तम रोक्का चाणक्य कलेजमा म्यानजेमेन्टका विद्यार्थी हुन् । कक्षा १२ मा अध्ययन गर्ने उनी १७ वर्षका भए । लिटिल मिस एण्ड मास्टर प्रतियोगिताको बारेमा उनले सामाजिक सञ्जालबाट थाहा पाए । ‘मैले इन्ट्राग्राममा यो प्रोगामबारे थाहा पाएको हुँ । यही कार्यक्रममा सहभागी भएको भाइको पनि भिडियोहरु देखँे त्यसपछि म पनि ट्राई गर्छु भनेर भाग लिएको हुँ ।’
ट्रेनिङका क्रममा उनले वाक, पोज , मेकअप आदिबारे सिक्ने मौका पाए । रुस्तमले यस अघि दुई ओटा शोमा सहभागिता जनाइसकेका छन् । ‘मैले एसईई सुपर मोडल २०२० र मिस्टर स्कुल नेपाल २०२२ मा भाग लिईसकेको छु । त्यहाँ राम्रो पर्फमेन्स पनि दिएँ ।’
रुस्तम आफ्नो भविष्य मोडलिङमै देख्छन् ,त्यसैले मोडलिङ क्षेत्रमै केही गर्ने र नायक बन्ने बताउँछन् । ‘म पहिलादेखि नै मोडलिङमा प्यासनेट छु, परिवारलेपनि सपोर्ट गर्नुहुन्छ, त्यसैले भविष्यमा मोडलिङमा लागेर फिल्म क्षेत्रमा जान चाहान्छु ।’
आर्जु दनुवार

उदयपुर कटारीकी आर्जु दनुवार इमाडोलमा परिवारसँगै बस्छिन् । १२ वर्षीया आर्जु ललितपुरको
चिल्ड्रेन गार्डेनमा कक्षा ७ मा पढ्दै छिन् । उनलाई डान्स गर्न, नयाँ मान्छेसँग कुरा गर्न र चित्र बनाउन मन पर्छ । आफ्नो ट्यालेन्ट अरुलाई देखाउन र आफूमा कन्फिडेन्ट बढाउन उनी लिटिल मिस एण्ड मास्टर युनिर्भस नेपालमा सहभागी भएकी हुन् । ‘मलाई पब्लिक स्पिकिङ र आफ्नो ट्यालेन्ट अरुलाई देखाउन मन पर्छ, त्यसैले म यहाँ आएको हो । ’
आर्जु कार्यक्रममा सबैजना मिलेर बस्नुपर्ने र अरुसँग आफ्नो तुलना गर्न नहुने कुरा बताउँछिन् । ‘मैले यहाँ धेरै कुरा सिकेको छु । तर विशेषगरी हामी सबै जना मिलेर बस्नुपर्ने र कसैसँग पनि कसैको तुलना गर्न नहुने भन्नेबारे नयाँ कुरा सिकेँ।’
जेनिशा तामाङ

काभ्रेकी १२ वर्षीया जेनिशा इमाडोलको चिल्ड्रेन गार्डेनमा कक्षा ७ मा पढ्दै छिन् । उनलाई एक्टिङमा रुची छ । त्यसैले आफ्नो प्रस्तुति देखाउन प्रतियोगितामा सहभागी भएको जेनिशा बताउँछिन् । उनी भन्छिन्, ‘मलाई वाक गर्न र एक्टिङ गर्न राम्रोसँग आउँछ, त्यसैले म आफ्नो प्रस्तुति दिन सहभागी भएको छु । ’
जेनिशा प्रतियोगितामा सहभागी भएपछि निखारिँदै गएकी छिन्, आफ्नो परिचय दिन, प्रस्तुति दिन जेनिसाले राम्रोसँग सिकेकी छिन् र भविष्यमा पनि मोडलिङ र एक्टिङलाई गन्तव्य बनाउने सोचेकी छिन् । ‘मलाई एक्टिङ गर्न मन लाग्थ्यो । बाबाममीले पनि मन लागेको काम गर भन्नुभएको छ त्यसैले पछि गएर पनि मोडलिङ र एक्टिङ गर्ने सोचेको छु ।’
गृष्मा श्रेष्ठ

रामेछापकी गृष्मा श्रेष्ठ ९ वर्षकी भइन् । ज्ञानोदय स्कुलमा कक्षा ४ मा पढ्ने उनी परिवारसँगै छाउनीमा बस्छिन् । गृष्मालाई फेमस व्यक्ति मन पर्छ, त्यसैले आफूपनि फेमस हुन चाहान्छिन् । भन्छिन्, ‘यहाँ नयाँ कुरा सिक्न पाइन्छ, इन्टरनेसनल टुर गर्न पाइन्छ र फेमस पनि भइन्छ, त्यसैले यहाँ आएको हो । ’
कार्यक्रममा गृष्माले वाक गर्न, आफ्नो प्रस्तुति दिन, कन्फिडेन्ट हुन आदि लगायत कुराहरू सिकन् तर उनी अझै धेरै कुरा सिक्न बाँकी महशुस गर्छिन् । भविष्यमा डाक्टर बन्ने सोच राखेकी उनको पढाई पनि राम्रो छ । कक्षामा उनी सधैँ पहिलो हुन्छिन् । उनी भन्छिन्, ‘मलाई डाक्टर बन्न मन छ , तर भविष्यको कुरा हो अहिल्यै थाहा हुदैँन तर पनि प्रयास गरिरहने छु ।’
रेजिना तामाङ

१२ वर्षीया रेजिना तामाङको घर दोलाखा हो । ललितपुरको चिल्ड्रेन गार्डेन विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने उनी परिवारसँगै इमाडोलमा बस्छिन् । नयाँ कुरा सिक्न र आफ्नो प्रस्तुति अरुलाई देखाउन कार्यक्रममा भाग लिएको उनको भनाई छ । उनी भन्छिन्, ‘ परिवारलेपनि सर्पोट गर्नुहुन्छ, नयाँ कुरा सिक्नु र अरुलेभन्दा राम्रो गर्नु भन्नुहुन्छ । त्यसैले म नयाँ कुरा सिक्न र आफ्नो प्रस्तुति अरुलाई देखाउन सहभागी भएको हो । ’
रेजिना प्रस्टसँग बोल्छिन्, त्यसैले नयाँ नयाँ कार्यक्रममा सहभागी हुन उनलाई मन पर्छ । उनी भन्छिन्, ‘मैले यहाँ धेरै कुरा सिक्न पाएको छु । हिड्न , बोल्न, आफ्नो प्रस्तुति दिन र नयाँ मान्छेसँग कुरा गर्न समेत सिकेको छु । त्यसैले यो कार्यक्रम राम्रो छ । ’
क्यालीन वर्जचार्य

कपन आकाशेधाराकी क्यालीन वर्जाचार्य १० वर्षकी भइन् । उनी जोसेफ हाइस्कुलको कक्षा ५ मा अध्ययारत छिन् । उनलाई डान्स गर्न र आर्ट गर्न मन पर्छ । आफूलाई मन लागेको गर्न र आफ्नो प्रस्तुति देखाउन कार्यक्रममा उनी सहभागी भएकी हुन् । ‘मलाई आफ्नो कला देखाउन मन पर्छ, र नयाँ कुरा सिक्न मन पर्छ ’ उनी भन्छिन् ।
क्यालीनले कार्यक्रममा वाक गर्न, बोल्न र मोडलिङबारे सिकेको उनी बताउँछिन् । ‘मलाई मोडलिङमा इन्टे«स्ट त थियो, तर बोल्न अलि डर लाग्थ्यो, अब लाग्दैन । यहाँ धेरै कुरा सिकेको छु जसले ममा कन्फिडेन्ट बिल्ड गरेको छ ।’
अनिन लिम्बु

काठमाडौं आकाशेधाराकी अनिन लिम्बुलाई मोडलिङमा खुब रुची छ । १० वर्षकी अनिनलाई भविष्यमा मेकअप आर्टिस्ट बन्ने मन छ । अनिन आफ्नो आत्माविश्वास बढाउन कार्यक्रममा सहभागी भएको र कार्यक्रमबाट धेरै कुरा सिकेको बताउँछिन् ।
‘सबैभन्दा ठुलो कुरा सेल्फकन्फिडेन्ट हुनु हो, म आफ्नो सेल्फकन्फिडेन्ट बढाउन यहाँ भाग लिएको छु । र कार्यक्रममा मैले धेरै सिक्न पाएको छु । जे कुरा सोचेर आएको थिएँ त्यो सबै सिक्न पाएको छु’, उनले भनिन् । अनिनले कार्यक्रममा हिड्न, बोल्न, आफ्नो परिचय दिन , ट्यालेन्ट प्रस्तुत गर्न आदि सिकेकी छिन् ।
सिक्कुम सुब्बा

ललितपुर सुनाकाठीकी सिक्कुम सुब्बा ११ वर्षकी पुगिन् । उनी ज्ञानोदय बालबाटिकाको कक्षा ६ मा अध्ययनरत छिन् । उनी कनफिडेन्ट छिन् । त्यसैले आफू कार्यक्रममा सहभागी भएको उनी बताउँछिन् ।
‘मलाई ट्यालेन्ट शोमा भाग लिन मन पर्छ , र आफ्नो प्रतिभालाई देखाउन र अरु नयाँ अवसरको लागी सहभागी भएकी छु’, उनले भनिन् । यसअघि नै २ ओटा शोमा भाग लिइसकेकी उनी रनअपपनि हुन् । उनले नेपालमा आयोजना भएको नेसनल ब्युटी प्याजेन्टमा दोस्रो बनेर त्यहीँबाट अन्तरराष्ट्रिय प्याजेन्टमा भाग लिने मौका पाएकी थिइन् । त्यहाँ पनि उनी रनर अप बनेकी थिइन् । मलेसियामा भएको उक्त कार्यक्रममा सिक्कुमले किड्स इन्टरनेसनल फेस अवार्ड प्रतियोगितमा फस्र्ट रनअप बनेकी थिइन् । यस्तै यो कार्यक्रममा उनी आफूमा अझ निखारता ल्याउने आएको बताउँछिन् । भविष्यमा उनको नेपाललाई रिप्रीजेन्ट गर्ने र फेशन डिजाइनर बन्ने सपना रहेको छ ।
महिमा श्रेष्ठ

काठमाडौं जोरपाटीकी महिमा इन्ट्रोभट थिइन् । नयाँ मान्छेसँग बोल्दा उनमा डर पैदा हुन्थ्यो । तर यो कार्यक्रममा सहभागी भएपछि डराउन कम भएको उनी बताउँछिन् । ‘पहिला म अरुसँग बोल्न डराउँथे तर अहिले डराउन्न उनी भन्छिन्, किनकी यो सबै यहाँ सिकाउनुहुन्छ र मैले यहाँ धेरै कुरा सिक्न पाएको छु ।’
उनी ११ वर्षकी भइन । उनी दि सेलिब्रेसन स्कुलमा कक्षा ६ मा पढ्दै छिन् ।
उनलाई कन्फिडेन्ट बिल्ड गर्न र परिवारलाई गर्व गराउन मन छ, त्यसैले कार्यक्रममा सहभागी भएको उनको भनाई छ । ‘मलाई अझै सेल्फ कन्फिडेन्ट बढाउन मन छ र परिवारलाई पनि प्राउड फिल गराउन मन छ, त्यसैले यहाँ आएकी छु ।’
जेनिशा कार्की

इमाडोलकी जेनिशा कार्की काब्या स्कुलको कक्षा ९ की विद्यार्थी हुन् । उनलाई नयाँ नयाँ कुरा ट्राई गरिरहन मन पर्छ । त्यसैले नयाँ अनुभवको लागि कार्यक्रममा सहभागी भएकी छिन् ।
कार्यक्रममा उनले विभिन्न क्लासहरूमा धेरै कुरा सिकेकी छिन् । ‘अरुको अघि बोल्न, हिड्न , आफ्नो प्रस्तुति दिन धेरै सिकेको छु । ’ उनी भन्छिन् , ‘पहिला पनि बोल्न त सक्थेँ तर अहिले झन कन्फिडेन्ट बढेको छ । ’
उनी आफू भविष्यमा साइकालोेजिस्ट बन्न चाहेको बताउँछिन् । भन्छिन्, ‘पछि मलाई साइकोलोजी पढेर साइकालोेजिस्ट बन्ने रहर छ । तर पछि हुने कुरा हो थाहा छैन । यदि भएन भने मोडलिङमा नै लाग्छु ।’
सुयोग्या थापा मगर

भक्तपुरकी सुयोग्या थापा मगर डान्स गर्न र आर्ट गर्न रुचाउँछिन् । १४ वर्षकी उनी सिद्धार्थ विद्यापिठमा कक्षा ८ मा अध्ययन गर्दै छिन् । उनी आफूमा कन्फिडेन्ट बढाउन र ट्यालेन्ट शो गर्न कार्यक्रममा सहभागी भएको बताउँछिन् । उनी भन्छिन्,‘मलाई आफूमा भएको ट्यालेन्ट देखाउनुपर्छ जस्तो लाग्छ र यो कार्यक्रममा आफूमा कन्फिडेन्ट बिल्ड हुने भएर आएको छु । ’
कार्यक्रममा सुयोग्याले वाकिङ स्किल, पब्लिक स्पिकिङ आदिबारे सिकेको बताउँछिन् । उनी भन्छिन्, ‘म पहिला अरुसँग बोल्न डराउँथे यहाँ आएपछि डर नलाग्ने भएको छ सर म्यामहरूले त्यही कुरा सिकाउनुहुन्छ र मैले यहाँ वाक गर्न, परिचय दिन आदिबारे धेरै कुरा सिकेको छु ।’
आरुषी श्रेष्ठ

काठमाडौं कलंकीकी आरुषी श्रेष्ठ १३ वर्षकी भइन् । उनी युरो स्कुलको कक्षा ७ की विद्यार्थी हुन् । आरुषी सानै देखि मोडलिङमा रुची राख्थिन् । बाल्यकालको रुची अनि आफूमा भएको कमजोरी सुधार्न आरुषी कार्यक्रममा सहभागी भएको बताउँछिन् । ‘मलाई अरुसँग बोल्न मन त पर्छ तर त्यति कन्फिडेन्ट थिएन, त्यसैले यहाँ भाग लिएको हो ।’ कार्यक्रममा भाग लिएपछि आरुषी आफुमा धेरै कुरामा फरक भएको अनुभूति गर्छिन्, भन्छिन्, ‘म पहिला अलि कन्फिडेन्ट थिइन अहिले कन्फिडेन्ट भएको छु र मैले यो कार्यक्रममा धेरै नयाँ कुरा सिक्न पाएको छु । वाक गर्ने , अडियन्सको अघि बोल्न यो सबै सिकेको छु । ’ आरुषी डान्स गर्न र चित्र बनाउन रुची राख्छिन् । र भविष्यमा डक्टर बन्ने सोच राख्छिन् ।
मुस्कान यादव

सर्लाहीकी मुस्कान यादव काठमाडौंको युनाइटेड युनिर्भसल स्कुलको कक्षा ७ मा पढ्छिन् । १४ वर्षकी उनले कार्यक्रमबारे फेसबुक मार्फत थाहा पाइन् । नयाँ नयाँ कुरामा रुची राख्ने उनी कन्फिडेन्ट बढाउन , स्किल डेभलप गर्न कार्यक्रममा सहभागी भएको बताउँछिन् । उनी भन्छिन्, ‘आफूमा सेल्फ कन्फिडेन्ट बढाउन, नयाँ कुराहरु सिक्न मैले यसमा भाग लिएको हो ।’
यस्तै मुस्कान एक पटक अन्तराष्ट्रिय शोमा समेत सहभागी बनिसकेकी छिन् । मुस्कान कार्यक्रममा सहभागी भएपछि धेरै कुरा जान्न पाएको बताउँछिन् । ‘यहाँ आएपछि कन्फिडेन्ट बिल्ड भएको छ , अरुसँग बोल्दा लाज नलाग्ने भएको छ , नयाँ साथीहरु बनाएको छु’, उनले भनिन् । उनी भविष्यमा मोडलिङमै लाग्ने र यसमै करिअर बनाउने सोचमा छिन् ।
एस्तर लामा

ललितपुर इमाडोलकी एस्तर लामा १२ वर्षकी पुगिन् । उनी चिल्डे«न गार्डेन विद्यालयको कक्षा ७ की विद्यार्थी हुन् । एस्तरलाई अतिरिक्त क्रियाकलाप मन पर्छ । त्यसैले नयाँ नयाँ कार्यक्रममा जान उनी रुचाउँछिन् । ‘म पहिलाबाट नै एक्स्ट्रा एक्टिभिटिज मन पराउँथे, स्कुलमा हुने गरेका एक्स्ट्रा एक्टिभिटिजमा पनि भाग लिन्थेँ, त्यसैले एक्स्ट्रा कुरा सिक्नलाई यहाँ आएको हो । ’
एस्तर यसबाहेक डान्स गर्न र गीत गाउन समेत रुची राख्छिन् । कार्यक्रममा सहभागी भएपछि आफूमा नयाँ कुराहरुको डेभलप गरेको र धेरै कुरा सिक्न पाएको उनको भनाइ छ । भन्छिन् ,‘यहाँ वाक गर्न , अरुसँग मिलेर बस्न, प्रस्तुति दिन सिकेको छु र नयाँ साथी समेत बनाएको छु ।’
प्रश्ना शाही

सामाखुशीकी प्रश्ना शाही १७ वर्षकी भइन् । उनी नवोदित कलेजकी विद्यार्थी हुन् । प्रश्ना आफूमा नयाँ कुरा सिक्न कार्यक्रममा भाग लिएको बताउँछिन् । ‘यस कार्यक्रममा धेरै कुराहरू सिक्न पाइन्छ भनेर सहभागी भएको छु । उनी भन्छिन्, ‘यहाँ धेरै कुरा सिक्न पाएको छु । कन्फिडेन्ट हुन, बोल्न , आफ्नो परिचय दिन आदिबारे धेरै सिक्न पाएको छु । उनी बाल्यकालदेखि नै मोडलिङमा रुची राख्ने भएकाले भविष्यमा पनि मोडलिङमा नै लाग्ने विचार गरेकी छिन् । उनी भन्छिन्, ‘सानैबाट फेशन शो हेर्ने भएर मोडलिङ मन पर्छ, र पछि पनि यही गर्ने सोच बनाएको छु । ’
अदिता रेग्मी

काठमाडौंकी अदिता रेग्मी १६ वर्षकी पुगिन् । उनी एलआरआई विद्यालयमा कक्षा ११ मा पढछिन् । उनलाई नयाँ कल्चर अनि नयाँ ठाउँ मन पर्छ, त्यसैले उनी कार्यक्रममा सहभागी छिन् । ‘मलाई नयाँ कुरा सिक्न , नयाँ मान्छेसँग भेट्न बुझन र कल्चरहरु सिक्न मन पर्छ । त्यसैले कार्यक्रममा भाग लिएको छु ।’ यसबाहेक उनी मोडलिङमा रुची राख्छिन् । उनलाई भविष्यमा रनवे मोडल बन्न मन छ । कार्यक्रममा आउनु अघि उनी बोल्न डराउँथिन् तर यस कार्यक्रमले उनमा नयाँ जोश थपिदिएको छ । उनी भन्छिन्, ‘पहिला बोल्न पनि डराउने म यहाँ आएपछि ठिकठाक बोल्न सक्ने र वाक गर्न र विभिन्न कल्चर पनि सिक्न पाएको छु ।’
रेकिशा कर्माचार्य

सतुङगलकी रेकिशा ११ वर्षकी पुगिन् । उनी घरनजिकैको लिटल स्टार विद्यालयमा कक्षा ६ मा पढछिन् । रेकिशा मोडल बन्न चाहान्छिन्, त्यसैले मोडल बन्ने सपना बुनेर उनी कार्यक्रममा सहभागी भएकी छिन् । रेकिशाले कार्यक्रममा वाक गर्न, नयाँ मान्छेसँग बोल्न, साथीहरूसँग मिलेर बस्न र अरुसँग कुराकानी गर्न सिकेको उनको भनाई छ ।
‘म पहिला नयाँ मान्छेसँग बोल्न लाज मान्थेँ, अहिले त्यो लाज हटेको छ । राम्रोसँग कुरा गर्ने भएको छु । अरुसँग बोल्न, वाक गर्न, पोस्र्चर आदि धेरै कुरा सिकेको छु ।’ यस्तै रेकिशा भविष्यमा मोडलिङ पेशामा लागेर आफूूलाई राम्रो मोडलमा स्थापित गर्न चाहन्छिन् ।
रिब्या तन्डुकार

काठमाडौं कुलेश्वरकी रिब्या तान्डुुकार १४ वर्षकी पुगिन् । मोर्डन इन्डियन स्कुलको कक्षा ९ मा अध्ययनरत उनलाई नयाँ कुरा सिक्न मन पर्छ । यसबाहेक रिब्या बोल्न रुचाउँछिन् । रिब्या नयाँ कुरा सिक्नको लागी कार्यक्रममा भाग लिएको बताउँछिन् । ‘मलाई बोल्न मन पर्छ, नयाँ कुरा सिक्न मन पर्छ र आफुमा कन्फिडेन्ट बढाउन कार्यक्रममा भाग लिएको हो । ’
रिब्याले कार्यक्रममा धेरै कुराहरु सिकेकी छिन् । उनले नयाँ साथी बनाइन् , वाक गर्न , आफ्नो परिचय दिन , प्रस्तुती दिन आदिबारे सिकेकी छिन् । रिब्याका बाबा धिरज ब्युटीप्याजेन्ट अर्गनाइजर हुन्, त्यसैले उनी मोडलिङमै लाग्ने सोच राख्छिन् ।
स्मृति रानामगर

पोखराकी स्मृति राना थापा मगर १५ वर्षकी पुगिन् । स्मृति पोखराको सान फ्रान्सिसको विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । स्मृति सानैदेखि मोडलिङको सौखिन छिन् , त्यसैले उनी हरेक शुक्रबार पोखराबाट काठमाडौं आउँछिन् र टे«निङ पश्चात पोखरा फर्किन्छिन् ।
‘म सानैदेखि मोडलिङको शो हेरिरहन्थेँ, मोडलिङ गर्न रहर थियो, त्यसैले चान्स आएको बेला अवसर नगुमाई आईरहेको छु ।’ उनी डान्स गर्न, रनिङ गर्न, भलिबल खेल्ने ट्यालेन्ट छ । स्मृतिलाई नयाँ कुरा सिक्न पनि मन पर्छ । त्यसैले उनी कार्यक्रममा सहभागी भएको बताउँछिन् । उनी भन्छिन्, ‘नयाँ कुरा सिक्न रुचाउने भएकोले म यहाँसम्म आउने गरेको छु र यहाँ आएर धेरै कुरा सिक्न पाएको छु । ’ पढाईमा मध्यमस्तरकी स्मृतिलाई नर्स बन्ने रहर छ । भन्छिन्, ‘म नर्स बन्न चाहान्छु र मोडलिङलाई पनि सँगै लान चाहान्छु ।’