‘जोय मोडल हन्ट नेपाल २०२५’को सम्पूर्ण तयारी पूरा, ४९ प्रतियोगीबीच शनिबार हुँदैछ फाइनल प्रतिस्पर्धा 

राम्रो अनलाइन     २५ माघ २०८१, शुक्रबार
 ‘जोय मोडल हन्ट नेपाल २०२५’को सम्पूर्ण तयारी पूरा, ४९ प्रतियोगीबीच शनिबार हुँदैछ फाइनल प्रतिस्पर्धा 


काठमाडौँ– नेक्स्ट मोडल्स नेपालद्वारा आयोजना गरिएको बहुप्रतिक्षित मोडलिङ प्रतियोगिता  ‘जोय मोडल हन्ट नेपाल २०२५’को सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार होटल याक एण्ड यतिमा हुने फिनालेमा ४९ प्रतियोगीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालकै सबैभन्दा बृहत् मोडलिङ प्रतियोगिता मोडल हन्ट नेपालको यो नवौं सिजन हो । फिनालेका लागि अडिसनबाट ३२ फिमेल र १७ मेलसहित ४९ प्रतियोगी छनोट गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।

छानिएका प्रतियोगीहरूलाई एक महिनाको ग्रुमिङ क्लासमा प्रोफेसनल मोडलका लागि चाहिने विभिन्न स्किलका बारेमा दक्ष मेन्टरहरूद्वारा प्रशिक्षित गरिएको थियो । व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायत प्रोफेसनल लाइफमा चाहिने सीप प्रतिययोगीहरूलाई प्रशिक्षणका क्रममा दिइएको थियो। प्रतियोगिताको  कोरियोग्राफर सविता कार्की हुन्। विजेताले नगद पुरस्कारसहित सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दै गइरहेको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए । ‘ग्रुमिङ क्लासमा हामी प्रतियोगीहरूलाई जीवन जीऊने क्रममा आवश्यक पर्ने विभिन्न खालका सीप र टेक्निकका बारेमा प्रशीक्षण दिन्छौँ, अध्यक्ष धमलाले भने, ‘प्रतियोगी सबैले मोडलिङमा करिअर अघि नबढाउन पनि सक्छन् तर, मोडल हन्टमा प्रतिस्पर्धा गर्दा हासिल गरेको ज्ञान उनीहरूलाई जीवनभर काम लाग्छ ।’ 

प्रतिस्पर्धीहरूले मोडल हन्ट प्रतियोगिताका क्रममा ग्रुमिङ क्लासबाट आफूले हासिल गरेको नलेज विशेष भएको र ग्रुमिङ क्लास निकै नै उपयोगी भएको प्रतिक्रिया दिएका छन् । मोडलिङमा करिअर बनाउन खोज्नेहरूका लागि नेक्स्ट मोडल्स र मोडल हन्ट नेपाल सबैभन्दा बेष्ट विकल्प भएको प्रतिस्पर्धीहरू बताउँछन् । 

प्रतिक्रिया