क्यान्सर पीडितलाई परिवारको प्रेम चाहिन्छ : उपसभामुख राना

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
क्यान्सर पीडितलाई परिवारको प्रेम चाहिन्छ : उपसभामुख राना

 

काठमाडौं – उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीका साथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छिन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताउँदै उनले क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताए । ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । परिवारको माया प्रेम चाहिन्छ,’ उनले भनिन्, ‘समाजको काम गर्न हामीलाई कुनै ठूलो फण्ड चाहिँदैन । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरू गर्नसक्छौँ ।’

 

प्रतिक्रिया