‘जोय मोडल हन्ट नेपाल २०२५’ को फिनालेमा ४९ प्रतियोगीले प्रतिस्पर्धा गर्दै छन् । नेपालकै बृहत् मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको नवौं सिजन हो । फिनालेका लागि अडिसनबाट ३२ फिमेल र १७ मेलसहित ४९ प्रतियोगी छनोट गरिएको थियो ।
प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइएको छ । प्रतियोगिताको कोरियोग्राफी सविता कार्कीले गरिरहेकी छिन् ।
हेर्नुहोस् ३२ फिमेल प्रतिस्पर्धीहरूको प्रोफाइल ।
सिल्भिया केसी

काठमाडौं थलीकी सिल्भिया केसी आइएसएमटी कलेजमा मार्केटिङ विषयमा स्नातक गर्दै छिन् । २१ वर्षिया केसीको रुचीको क्षेत्र पब्लिक स्पिकिङ र एङ्करिक हो । ‘मोडलिङ मलाई औधी मन पर्ने क्षेत्र हो । म आफ्नो रुचीलाई व्यवहारमा उतार्न सकिने खालको प्लेटफर्मको खोजिमा थिएँ, ‘उनले भनिन्, ‘मोडल हन्ट जस्तो प्रोफसनल प्रतियोगितामा भाग लिन पाउँदा औधी खुशी छु ।’ उनी पूर्वमिस नेपाल माल्भिका सुब्बालाई आफ्नो रोलमोडल मान्छिन् । उनले यसअघि मिस एसईईमा भाग लिएर फस्र्ट रनरअपको उपाधि जितेकी थिइन् ।
यो प्रतियोगितामा भाग लिएपछि आफूमा परिवर्तन आएको बताउने सिल्भिया आत्मविश्वास निकै बढेको बताउँछिन् । मोडलिङका लागि चाहिने आधरभूत ज्ञान र सीप सिक्नका लागि ग्रुमिङ क्लास उपयोगी भएको उनको बुझाई छ । ‘एउटा व्यवसायिक मोडल हुनका लागि चाहिने सबै प्रकारका गुणहरू आफूमा अभिवृद्धि गर्न सकिएको उनको बुझाई छ ।
मोडल हन्टको अडिसनबाट प्रतियोगी छनोट भइसकेपछि मात्र उनले ममीलाई आफू प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको जानकारी गराएकी थिइन् । कतिपय अभिभावले मोडलिङका बारेमा यथेष्ट जानकारी नपाएका कारण यस्ता खालका प्रतियोगितामा किन जानु पर्यो भन्ने गर्नुहुन्छ, उनी भन्छिन्, ‘आफू अडिसनबाट छनोट भइसकेपछि अभिभावकहरूमा पनि सकारात्मक सोच आउने भएकाले छनोट पछि नै जानकारी गराउँदा राम्रो हुन्छ ।’
आफूमा अनुशासन र कामप्रतिको निरन्तरताका कारण प्रतियोगिताको वीनर हुन सक्ने दाबी उनको छ । ‘यो प्रतियोगिता मेरो करिअरको सुरुवात हो । यदि म वीनर भएँ भने अबको पाँच वर्षमा म आफूलाई मिस नेपालको रूपमा अगाडि बढाउने सोचेको छु’ सिल्भिया भन्छिन् ।
मोना केसी

काभ्रपलाञ्चोक बनेपाकी मोना केसी २४ वर्षकी भइन् । चाइनिज भाषा विषयमा स्नातक गर्दागर्दै कोभिड–१९ महामारीका कारण पढाई अघि बढाउन नसकेकी मोना अहिले अंग्रेजी साहित्यमा स्नातक गर्दै छिन् ।
सोसल मिडियामार्फत मोडल हन्ट प्रतियोगिताको बारेमा जानकारी पाएको उनले बताइन् । ‘म एकदम लजालु, आफ्नो बारेमा अरुले केही भन्छ कि भनेर डराउने खालको थिएँ, मोना भन्छिन्, ‘यो प्रतियोगितामा भाग लिएपछि मेरो कन्फिडेन्ट लेबल निकै बढेको छ ।’ सयम व्यवस्थापन, कुन अवस्थामा मानिसहरूसँग कस्तो व्यवहार गर्ने, सोसल मिडियामा आफ्नो उपस्थिति कसरी देखाउने, नयाँ ठाउँ र मानिसहरू माझ आफूलाई कसरी प्रस्तुत गर्ने जस्ता विषयमा ज्ञान हासिल गरेको उनले बताइन् ।
मोनाले सन् २०२० देखि नै मोडलिङ गर्न थालेकी थिइन् । सुरुमा उनलाई घरपरिवारबाट त्यति सर्पोट थिएन । ‘अहिले परिवारबाट तिमी यही क्षेत्रमा खुशी छौ भने यसमै राम्रो गर भनेर सर्पाेट गरिरहनु भएको छ’ उनले भनिन् । कुनै पनि समस्यालाई सहज ढंगले समाधान गर्न सक्ने खुबी आफूमा भएको मोना बताउँछिन् ।
‘सोसल मिडियामा कन्टेन्ट क्रियट गर्ने मामिलामा म जिरो नै थिएँ, उनी भन्छिन्, ‘ग्रुमिङ क्लासमा आफ्नो पहुँचा विस्तार गर्न र आफूलाई अरुमाझ चिनाउन कसरी कन्टेन्ट बनाउने भन्ने बारेमा प्रशिक्षण पाएपछि यो क्षेत्रमा पनि राम्रो गर्दै गइरहेको छु ।’ यो प्रतियोगितामा भाग लिएपछि आफ्नो करिअरलाई कसरी उच्चस्तरमा पर्याउन सकिन्छ भन्ने ज्ञान प्राप्त गरेको उनी बताउँछिन् । मोडल हन्ट प्रतियोगिता आयोजना गर्ने नेक्स्ट मोडलले मोडलिङमा रुची र प्रतिभा भएका नेपाली युवायुवतीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्लेटफर्म उपलब्ध गराएकोमा उनले खुशी व्यक्त गरिन् ।
कृतिका शाह

दाङकी कृतिका शाह व्यवस्थापन विषयमा स्नातक अध्ययन गर्दै छिन् । १९ वर्षिया कृतिकालाई मोडलिङमा सानैदेखि रुची थियो । अघिल्लो वर्षको मोडल हन्ट प्रतियोगिताको वीनर कृतिका अध्ययनरत कलेजकै थिए । ‘मलाई आफ्नै कलेजबाट मोडल हन्ट वीनर भएको थाहा पाएपछि यो प्रतियोगितामा म पनि भाग लिन्छु भन्ने लागेको थियो, शाह भन्छिन्, त्यही भएर अहिले प्रतियोगितामा भाग लिएको हुँ ।’
कृतिका आफूलाई इन्ट्रोभट बताउँछिन् । तर, यो प्रतियोगितामा भाग लिएर अन्य प्रतियोगीहरूसँग घुलमिल हुँदा, क्यामेरा अगाडि उभिएर बोल्दा, फोटो सुट गर्दा आफूमा आत्मविश्वास बढेको उनले बताइन् । मोडलिङका लागि चाहिने धेरै गुणहरूमध्ये कन्फिडेन्ट मुख्य हो । स्टेजमा आफूलाई अरुभन्दा बेष्ट तरिकाले प्रस्तुत गर्न सक्नु मोडलको अर्को खुबी हो, यी खुबी ममा छ । त्यही भएर म यो प्रतियोगिताको विजेता हुनसक्छु जस्तो लाग्छ कृतिका भन्छिन् ।
अन्तर्राष्ट्रिय स्तरका मोडलिङ शोहरू हेर्न रुचाउने कृतिकाले ति शोहरूबाट पनि मोडलिङ सम्बन्धी आधारभूत ज्ञान हासिल गरेकी थिइन् । मोडल हन्ट प्रतियोगितमा भाग लिएपछि उनले आफूलाई प्रस्तुत गर्ने तरिका, र्याम्प वाक, फोटो सुटमा कसरी पोज दिने, आउटफिटहरू कसरी क्यारी गर्ने लगायत पर्सनालिटी डेभलपमेन्ट सम्बन्धी थुप्रै ज्ञान हासिल गरेको बताइन् ।
आयोजक र मेन्टर दुबै निकै हम्बल रहेको उनले बताइन् । प्रतियोगीहरूलाई साथीहरूजस्तै व्यवहार गरेर गल्ती औँल्याउँदै प्रशिक्षण दिने गरिएकाले पनि मोडल हन्टमा धेरै कुरा सिक्न पाएको कृतिका बताउँछिन् । मोडलिङलाई एक्सपोजर दिन सरकार, निजी क्षेत्र, मोडलिङमा करिअर बनाउन खोजिरहेकाहरूले एकसाथ मिलेर काम गर्नुपर्ने शाह बताउँछिन् । ‘म आफूमा भएको क्षमतालाई अझै निखार्दै यो क्षेत्रमा बेस्ट बन्न दिनरात मेहनेत गर्ने छु’ कृतिका भन्छिन् । कृतिकालाई मोडलिङमा लाग्न परिवारको पनि पूर्ण सर्पोट रहेको छ ।
अन्शुला श्रेष्ठ

झापा दमककी अन्शुला श्रेष्ठ प्लस टुमा अध्ययनरत छिन् । १८ वर्षिया अन्शुलाको रुची अभिनयमा छ । ‘मोडल हन्टको बारेमा सुन्दै आएको थिएँ, उनी भन्छिन्, यसमा भाग लिने इच्छा थियो । त्यही भएर प्रतियोगीका रूपमा भाग लिएको हुँ ।’ उनलाई मोडलिङका लागि हाइटले पनि साथ दिएको छ । उनी टल छिन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो ।
‘सबैले तिम्रो हिँडाई केटाको जस्तो छ भन्नु हुन्थ्यो । नयाँ मानिसहरूसँग बोल्न डराउँथे, उनी भन्छिन्, ‘यो प्रतियोगितामा भाग लिएर ग्रुमिङ क्लास लिएपछि वाकमा निकै सुधार आएको छ । कन्फिडेन्ट बढेको छ ।’ उनी अहिले साथीहरूसँग घुलमिल गर्न सक्ने भएकी छिन् ।
‘मेरो हाइट अन्तर्राष्ट्रिय स्तरका मोडलहरूको जस्तै छ । म कन्फिडेन्टका साथ आफूलाई प्रस्तुत गर्न सक्छु, उनी भन्छिन्, ‘यदि मैले मोडल हन्ट जितेँ भने म नेपालमै करिअर अघि बढाउँछु । म जस्तै मोडलिङमा रुची भएकाहरूलाई अगाडि बढाउन मद्दत गर्छु ।’
ट्रेनिङका क्रममा ढलेको क्षणलाई उनी प्रतियोगिताको क्रममा भएको चुनौतीपूर्ण कार्य मान्छिन् । ‘म अलि वीक छु, उनले भनिन्, ‘ट्रेनिङका क्रममा म झुक्किएर लड्न पुगेको थिएँ ।’
अन्शुला ममीलाई आफ्नो रोलमोडल मान्छिन् । ‘मेरो ममी सिंगल मदर हो । म यहाँसम्म पुग्नुमा उहाँको भूमिका अतुलनीय छ, उनी भन्छिन्, ‘सुरुदेखि नै ममीले मलाई हौशला दिइरहनु भएको छ ।’
यसअघि उनले ब्युटी प्याजेन्टमा भाग लिएकी थिइन् । यो प्रतियोगितामा भाग लिएपछि र्याम्प वाक, विभिन्न फिजिकल टास्क, सोसल मिडिया ह्याण्डलदेखि थुप्रै नयाँ विषयमा ज्ञान हासिल गरेको उनले बताइन् । आयोजक संस्था नेक्स्ट मोडल निकै प्राफेसनल रहेको बताइन् ।
चाँदनी श्रेष्ठ

भक्तपुरकी चाँदनी श्रेष्ठ नेपाल कमर्स क्याम्पसमा स्नातक अन्तिम सेमेष्टरमा अध्ययनरत छिन् । उनको आफ्नै विजनेश पनि छ । उनको आफ्नै मुन्स स्काई भन्ने क्लोदिङ ब्राण्ड छ । कितब पढ्न, नृत्य गर्न र सोसल मिडियामा कन्टेन्ट बनाउन रुची राख्ने चाँदनी नयाँ नयाँ ठाउँमा घुम्न रुचाउँछिन् ।
‘क्लासिक डाइमाण्डले आयोजना गरेको शोमा भाग लिँदा मोडलिङमा सिक्न पर्ने विषय धेरै रहेछ भन्ने थाहा पाएँ, चाँदनी भन्छिन्, ‘मोडल हन्ट मोडलिङमा करिअर बनाउन चाहनेहरूका लागि उपयुक्त प्लेटफर्म भएका कारण यसमा भाग लिएकी हुँ ।’
यो प्रतियोगितामा भाग लिएर आफूमा अत्मविश्वास बढेको बताउने चाँदनी कामलाई कसरी निरन्तरता दिनुपर्छ, टाइम व्यवस्थापन कसरी गर्नुपर्छ, व्यक्तित्व विकास कसरी गर्नुपर्छ भन्ने बारेमा यथेष्ट जानकारी प्राप्त गरेको बताउँछिन् ।
‘म नयाँ नयाँ कुरा छिटो सिक्न सक्छु, मानिसहरूसँग प्रोफेसनल्ली डिल गर्न सक्छु, मेरो कम्युनिकेशन स्किल पनि अब्बल छ त्यही भएर म प्रतियोगिताको वीनर हुन सक्छु जस्तो लाग्छ, उनी भन्छिन् ।’ उनी पूर्व मिस नेपाल अश्मि श्रेष्ठलाई रोलमोडल मान्छिन् । अश्मिलाई नै हेर्दै र फलो गर्दै हुर्किएको बताउँछिन् ।
‘नेपालमा मोडलिङलाई हेर्ने दृष्टिकोण अझै उदार हुन सकेको छैन । यसलाई नकारात्मक दृष्टिले हेर्नेहरू पनि छन् । तर मेरो परिवारबाट यो फिल्डमा लाग्नका लागि मलाई पूर्ण रूपमा सर्पोट रहेको छ’ चाँदनी भन्छिन् । ग्रुमिङ क्लासमा पोजिङ, वाक, ड्रेस एवं कलर सेन्स, सोसल मिडियामा कसरी प्रस्तुत हुने लगायतका स्किल सिकेको उनले बताइन् ।
सदीक्षा बस्याल

सदीक्षा बस्याल नमुना कलेज अफ फेसन टेक्नोलोजीमा स्नातक तहमा फेसन डिजाइनिङ पढ्दै छिन् । बुटवलकी स्थायीबासी सदीक्षा १७ वर्षकी भइन् । उनी अहिले ललितपुर पाटनमा बस्छिन् । उनलाई स्केच गर्न, चित्र बनाउन, गाउन, नाच्न र किताबहरू पढ्न मन पर्छ । नयाँ कन्टेन्ट क्रियट गराउन मन पराउने उनी फुर्सद हुँदा भिडियो पनि बनाउने गर्छिन् ।
सदीक्षालाई सानैदेखि फेसन डिजाइनिङ रुची थियो । उनी ५ कक्षामा हुँदा देखिनै आफ्नो लागि पृथक खालको ड्रेस कन्सेप्ट सोच्ने गर्थिन् । फेसन र मोडलिङ रिलेटेड फिल्ड भएकाले उनलाई मोडलिङ पनि रुची जागेको हो ।
‘मैले यसअघि ब्युटी प्याजेन्टमा पनि भाग लिएको थिएँ सदीक्षा भन्छिन्, त्यतिबेला परिवारबाट खासै सर्पोट थिएन तर अहिले फेमलीले पनि सहयोग गरिरहनु भएको छ ।’ उनी पूर्व मिस नेपाल श्रृंखला खतिवडा, मोडल सविता कार्कीलाई रोलमोडल मान्छिन् ।
यो प्रतियोगितामा भाग लिएर जीवनका लागि चाहिने थुप्रै सीप सिकेको बस्याल बताउँछिन् । आत्मविश्वास बढेको छ, मानिसहरूका अगाडि कसरी प्रस्तुत हुने भन्ने बारेमा जानकारी पाइएको छ, आफूलाई सुन्दर र पृथक ढंगले कसरी प्रस्तुत गर्ने भन्ने बारेमा ग्रुमिङ क्लासमा सिकेको उनी बताउँछिन् ।
‘म फेसन डिजाइनिङ कोर्स पनि गरिरहेको छु । मलाई कुन ड्रेस कसरी क्यारी गर्नुपर्छ, कलर सेलेक्सन कसरी गरिनुपर्छ, डिजाइनमा अरुभन्दा भिन्न कसरी गर्न सकिन्छ लगायत जानकारी हुने भएकाले मलाई अन्य प्रतियोगीभन्दा फरक देखिन् मद्दत पुग्ने ठानेको छु’ सदीक्षा भन्छिन् ।
जेनिता सेन्चुरी

ओखलढुंगाकी २१ वर्षकी जेनिता सेन्चुरीले डिप्लोमा इन फार्मेसी गरेकी छिन् । उनको सबैभन्दा धेरै रुची भएको क्षेत्र मोडलिङ नै हो । उनी गाउन, नाच्न र चित्र बनाउन पनि मन पराउँछिन् । यो प्रतियोगितमा भाग लिएर ग्रुमिङ क्लास लिएपछि आफ्नो वाकमा निकै सुधार भएको जेनिता बताउँछिन् ।
यसअघि उनले केही ब्युटी प्याजेन्टमा भाग लिएकी थिइन् । तर मोडलिङ र ब्युटी प्याजेन्ट बीचको फरक उनले मोडल हन्टमा भाग लिएपछि थाहा पाइन् । मोडलिङमा करिअर बनाउन चाहनेहरूका लागि यो प्रतियोगिता निकै उपयोगी रहेको उनी बताउँछिन् ।
निरन्तर अन्तरक्रिया हुने भएकाले मानिसहरूसँग कसरी कुरा गर्ने भन्ने बारेमा जानकारी लिन सकेको उनले बताइन् । मोडलिङमा लाग्नका लागि घरपरिवारबाट सर्पोट रहेको उनी बताउँछिन् । यो प्रतियोगितामा एक जना वीनर हुने हो । तर यहाँ सिकेको सीप प्रोफेसनल करिअरमा जहिले पनि काम लाग्ने खालको छ, जेनिता भन्छिन् ।
बोल्न डराउन, साथी बनाउन अप्ठेरो लाग्ने लगायत समस्या म थियो । तर अहिले ति विस्तारै हट्दै गएका छन्, उनी भन्छिन् । नयाँ कुरा सिक्न खोज्ने र कुनै पनि कार्यमा कडा परिश्रम गर्ने भएकाले म यो प्रतियोगितामा वीनर हुन सक्छु भन्ने लाग्छ, सेन्चुरी भन्छिन् । सोनिया केसीलाई उनी अफ्नो रोलमोडल मान्छिन् । उनले फर्मोसी अध्ययन गरेको भएपनि आफ्नो करिअर मोडलिङमै अगाडि बढाउने बताइन् । ‘मोडलिङमा लाग्न चाहने र लागेका लेडिजहरू विभिन्न खालका शोषण र दुव्र्यवहारमा पर्ने गरेको सुनिन्छ, जेनिता भन्छिन्, ‘यो क्षेत्रका लागि सरकारले अलि कडा खालको रुल एण्ड रेगुलेशन लगाउनु पर्छ ।’
ममता कुमारी महतो

कैलाली धनगढीकी ममता कुमारी महतोले काठमाडौंको पुतली सडकस्थित ग्लोबल वीङ्सबाट एयर होस्टेस कोर्स गरेकी छिन् । उनलाई मोडलिङ, एक्टिङ, योगा आदिमा विशेष रुची छ । एक वर्षअघि जब उनले मोडल हन्ट प्रतियोगिताको बारेमा जानकारी पाइन् त्यति बेला नै यो सिजनमा प्रतिस्पर्धा गर्ने सोच बनाएकी थिइन् ।
एक्टिङमा निकै दिलचस्पी रहेको ममता अभिनयका विभिन्न हाऊभाऊ गरिरहेकी हुन्छिन् । कक्षा ११ मा अध्ययन गर्दा नै उनले मोडलिङ सम्बन्धी ट्रेनिङ लिने अवसर पाएकी थिइन् । उनका फस्र्ट ट्रेनर सुरज धामीलाई ममता आफ्नो रोलमोडल मान्छिन् ।
‘ग्रुमिङ क्लासमा मैले आफूलाई धेरै कुरामा कन्फिडेन्टका साथ प्रस्तुत गर्ने स्किल सिक्न सकेँ, ममता भन्छिन्, ‘मैले धेरै साथीहरू बनाई सकेँ ।’ यो प्रतियोगितामा कुनै न कुनै टाइटल जितेर परिवारमा आफूलाई मोडलिङमा केही गर्न सक्छु भनेर पुष्टी गर्ने उनको इच्छा छ । आफूमा अनुशासन, हार्ड वर्किङ खुबी रहेको बताउने उनी मेन्टर सविता म्यामको मेन्टसिपबाट आत्मविश्वासको लेबल उच्च भएकाले आफूलाई वीनर दाबी गर्छिन् । यस अघि पनि उनले विभिन्न तीन वटा कार्यक्रममा भाग लिइसकेकी थिइन् । तर ति कार्यक्रमभन्दा मोडल हन्ट निकै फरक र उत्कृष्ट रहेको उनी बताउँछिन् । उनी आफूलाई टप मोडल तथा अभिनेत्रीका रूपमा स्थापित गराउन चाहन्छिन् । म आफूलाई सबैका माझ चिनाउन चाहन्छु ।
उर्मिला अर्याल

पर्वतकी उर्मिला अर्याल हाल वीरगञ्जमा सपरिवार बसोबास गर्छिन् । उनी गाउन, नाच्न, पुस्तक पढन र अरुलाई सहयोग गर्न रुचाउँछिन् । १९ वर्षकी उर्मिला बीएस्सी नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छिन् । सोसल मिडियाबाट मोडल हन्टको बारेमा जानकारी पाएकी उनले जब यो प्रतियोगितामा नयाँ मोडलहरूले स्थान पाउँछन भन्ने जानकारी पाइन् त्यसपछि प्रतियोगितामा भाग लिने निर्णय गरेको बताइन् । मोडलिङमा आउन चाहनेहरूका लागि फस्र्ट स्टेपको मेन्टरसीपदेखि प्रोफेसनल मोडल उत्पादनमा नेक्स्ट मोडलको महत्वपूर्ण भूमिका रहेको उनी बताउँछिन् ।
मोडल हन्ट प्रतियोगितामा भाग लिएको जानकारी उनले परिवारलाई गराएकी छैनन् । ‘परिवारका सदस्यहरूले मोडलिङलाई राम्रो रूपमा लिनु हुन्न । त्यही भएर मैले डिटेलमा भनेको छैन, उर्मिला भन्छिन्, ‘मलाई फेसनमा रुची भएको र यो क्षेत्रमा केही गर्न सक्छु भन्ने लागेर नै यसमा भाग लिएकी हुँ ।’
उनी जिजी हाडिड, ऐश्वर्य राय, प्रियंका चोपडा आदिबाट अभिप्रेरित भएर मोडलिङमा लागेको बताउँछिन् । उनलाई बोल्न एकदमै डर लाग्थ्यो, मन भएका कुरा पनि अरुको सामुन्ने भन्न नसक्ने समस्या थियो । तर यो प्रतियोगितामा भाग लिएर ग्रुमिङ क्लासमा बसेपछि यी समस्या हटेको उनले बताइन् । सोसल मिडिया महत्व र यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा पनि थप जानकारी पाएको बताइन् ।
ग्रुमिङ क्लासबाट वाक, आफूमा भएको प्रतिभा कसरी देखाउने, आफूलाई प्रस्तुत गर्ने देखि एउटा प्रोफेसनल मोडलमा हुनुपर्ने गुण र दक्षताका बारेमा यथेष्ट जानकारी पाएको उर्मिला बताउँछिन् । उनी आफ्नो पढाइसँगै मोडलिङलाई पनि अघि बढाउने बताउँछिन् ।
पूजासिंह राजपुत

झापाकी पूजासिंह राजपुत स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनलाई खाना पकाउन र पुस्तक पढन मन पर्छ । दुई वर्षअघि नै मोडल हन्टको बारेमा जानकारी पाएकी उनी त्यति बेला नै यो प्रतियोगितामा आउन चाहन्थिन् । तर कन्फिडेन्ट नभएका कारण नआएको बताइन् । अघिल्लो वर्ष एस अफ मोडल प्रतियोगितामा भाग लिएपछि मोडल हन्ट प्रतियोगितामा भाग लिनका लागि आत्मविश्वास बढेको पूजा बताउँछिन् ।
यो प्रतियोगिता उनका लागि निकै उपयोगी भएको छ । फिजिकल फिटनेसको क्लासबाट उनले आफूलाई कसरी फिट राख्ने भन्ने बारेमा जानकारी हासिल गरेकी छिन् । वाक, कम्युनिकेशन स्किल, आफूलाई कुन पोष्चरबाट राम्रो देखिन्छ आदिका बारेमा बारेमा ग्रुमिङ क्लासबाट जानकारी हासिल गरेको उनले बताइन् ।
उनी सन् २०२० देखि नै मोडलिङ क्षेत्रमा छिन् । उनलाई उनको ममी र बहिनी सर्पोट रहेको छ । पहिला बाबाले सर्पोट गर्नु हुँदैनथ्यो । तर अहिले उहाँ निकै खुशी हुनुहुन्छ । यो क्षेत्रमा लाग्न प्रेरित गरिरहनु भएको छ । ‘म यो प्रतियोगितामा जित्नमात्र आएको होइन । केही सिक्न आएको हो, उनी भन्छिन्, ‘म आफूलाई अझै ग्रो गर्दै अगाडि बढाउन चाहन्छु ।’ म आफूले आफैँसँग प्रतिस्पर्धा गर्छु । आजभन्दा भोलि अझै बेष्ट हुँदै मोडलिङमा करिअर बनाउँछु । सविता कार्की उनको रोलमोडल हुन् । सविताको वाक पूजालाई असाध्यै मन पर्छ ।
यस अघि उनी मिस कल्चर झापाको वीनर भएकी थिइन् । त्यसपछि केही इभेन्टहरूमा असिस्टेन्ट कोरियोग्राफर भएर पनि काम गरेकी थिइन् । एस अफ मोडल प्रतियोगिताको उनी टाइटल होल्डर हुन् ।
नेहा बुढा

ललितपुर सुनाकोठीकी १७ वर्षिया नेहा बुढा मगर बीबीए अध्ययन गर्दै छिन् । फुर्सद हुँदा अनलाइनमा बुक पढ्न र घुम्न उनलाई मन पर्छ । उनको बुझाइमा मोडल हन्ट प्रतियोगिताको आयोजक संस्था नेक्स्ट मोडल नेपालको टप मोडल एजेन्सी हो । यो संस्थाबाट मोडलिङ करिअर सुरु गर्नेहरूको वेल ग्रुमिङ हुने गरेको नेहा बताउँछिन् ।
परिवारका सबैबाट साथ र सर्पोट पाएको उनी बताउँछिन् । ‘सेल्फ कन्फिडेन्ट, नयाँ मानिसहरूसँग बोल्न र कम्युनिकेशन स्किल बढेको छ,’ नेहा भन्छिन, ‘मोडलका रूपमा आफूलाई कसरी प्रस्तुत गर्ने भनेर सिक्ने अवसर मोडल हन्टले दिएको छ ।’ प्रतियोगितामा भाग लिएपछि आफूलाई अझै नजिकबाट चिन्ने अवसर पाएको नेहा बताउँछिन् । आफूमा भएको प्रतिभा पहिचान गर्न पनि सक्ने भएकी छिन् उनी ।
मोडलिङमा सानैदेखि रुची थियो । कहाँबाट सुरु गर्ने भन्ने भेऊ पाइरहेको थिइन् उनी भन्छिन् । मोडल हन्ट नै सबैभन्दा बेष्ट प्लेटफर्म भएकाले यो प्रतियोगितामा भाग लिएको उनी बताउँछिन् । ‘म जहिले पनि ग्रो गर्न चाहन्छु, मलाई दिएको सबै टास्कलाई गम्भीर रूपमा लिन्छु, प्रेसरमा पनि राम्रै काम गर्न सक्छु, आलोचनालाई पनि सकारात्मक रूपमा लिएर अघि बढ्न सक्ने भएकाले म यो प्रतियोगिताको वीनर हुन सक्छु भन्ने लाग्छ,’ नेहा आत्मविश्वासका साथ भन्छिन् । उनी मोडल हन्टको वीनर भइन् भने अबको पाँच वर्षमा आफूलाई नेपालको टप मोडलका रूपमा स्थापित गर्ने बताउँछिन् । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई एक्सप्लोर गर्ने उनको सोच रहेको छ ।
मोडलिङ सम्बन्धी रहेका नकारात्मक धारणा हटाउन उनले काम गर्ने बताइन् । मोडलिङ भनेको बाहिरी सुन्दरतामात्र जज गरिने क्षेत्र होइन । यो गल्र्सहरूको आत्मविश्वास बढाउन क्षेत्र पनि हो भन्ने विषय स्थापित गराउन कार्य गर्ने उनको सोच छ ।
वर्षा थापा

काठमाडौं गोठाटारकी २९ वर्षिया वर्षा थापा हस्पिटालिटी क्षेत्रमा कार्यरत छिन् । उनले मोडल हन्ट नेपालको बारेमा सुन्दै आएकी थिइन् । मोडल हन्ट प्रतियोगिताको ‘थ्रु’ धेरै मोडलहरूले करिअर ‘ग्रो अप’ गरेको, यो क्षेत्रमा स्थापित भएको उनले देखेकी छिन् । सोसल वर्क विषयमा स्नातक गरेकी उनी आफूलाई एक्सप्लोर गरुँ, मोडलिङमा केही नयाँ काम गरुँ भनेर नै यो प्रतियोगितामा भाग लिएको बताउँछिन् ।
‘प्रतियोगितामा भाग लिइसकेपछि मलाई छोडुँ जस्तो पनि लागेको थियो वर्षा भन्छिन, ‘तर ग्रुमिङ क्लासमा मेन्टरहरूले ट्रेनिङ दिएपछि ममा आत्मविश्वास बढ्दै गएको छ ।’ वर्ष पहिला हिल्स लगाएर हिँड्न सक्दिन थिइन् । ड्रेस सेन्सको बारेमा पनि उनलाई ज्ञान थिएन । उनी अहिले आफूलाई फरक ढंगले प्रस्तुत गर्न सक्ने भइसकेकी छिन् ।
‘मेरो परिवार अलि कन्जरभेटिभ हुनुहुन्छ । मैले सबै कुरा डिटेलमा भनेको थिइन । म पनि यो प्रतियोगिताको बारेमा डिटेलमा बुझ्न चाहन्थे, वर्षा भन्छिन्, ‘सोसल मिडियामा फोटो भिडियोहरू पोस्ट गर्न थालेपछि परिवारले थाहा पाउनु भएको छ र अहिले सर्पोट गरिरहनु भएको छ ।’
ग्रुमिङ क्लासमा वर्षाले बोल्दा कसरी मिठासपूर्ण तरिकाले बोल्ने, अरुलाई कसरी इम्प्रेसन पार्ने, मेकअप, पर्सनल हाइजिन, आफ्नो बडी टाइप के हो र कस्तो लुगामा राम्रो देखिन्छ भन्ने बारेमा नलेज पाएको बताइन् ।
‘म अरु प्रतिस्पर्धीभन्दा अलि सिनियर नै छु । अनुभवी पनि छु । कुनै पनि कार्य धैर्यतापूर्वक गर्न सक्छु, वर्षा भन्छिन्, ‘म वीनर भए भनेँ मोडलिङ क्षेत्रलाई अझै बेष्ट बनाउन कार्य गर्ने छु ।’ वर्षा सविता कार्कीलाई आफ्नो रोलमोडल मान्छिन् ।
अनुजा पौडेल

काठमाडौं थलीकी १९ वर्षिया अनुजा पौडेल आईसी कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै छिन् । उनी मेकअप, आर्ट र मोडलिङ पनि गर्छिन् । घुमघाम गर्न, नयाँ परिकार खान र आर्ट गर्न अनुजालाई मन पर्छ । उनले मोडल हन्टको बारेमा सोसल मिडियाबाट जानकारी पाएकी थिइन् ।
मोडल हन्ट प्रतियोगितामा भाग लिएपछि र्याम्प वाकमा निकै सुधार आएको उनी बताउँछिन् । व्यक्तित्व विकास, आत्मविश्वास बढेको, फरक फरक कुरा एक्स्प्लोर गर्ने आँट बढिरहेको अनुजाको अनुभव छ । अनुजाले यसअघि पनि मोडलिङ सम्बन्धी केही ट्रेनिङ लिएको र मोडलिङ पनि गरेका कारण उनको परिवारलाई मोडलिङको बारेमा जानकारी छ । परिवारबाट उनलाई पूर्ण सर्पोट रहेको छ ।
‘मैले आफूलाई जुन तरिकाले प्रिजेन्ट गरिरहेको थिएँ त्यो सही थियो वा गलत भन्ने कुरा ग्रुमिङ क्लासका क्रममा थाहा पाएँ, अनुजा भन्छिन, ‘आफूलाई बेस्ट तरिकाले कसरी प्रिजेन्ट गर्न सकिन्छ भन्ने कुरा ग्रुमिङ क्लासबाट सिकेँ ।’ उनमा अहिले आत्मविश्वास पनि निकै वृद्धि भएको छ ।
सानैदेखि क्यामरा अगाडि बस्न रुचाउने, फोटो खिच्न मन पराउने तथा फेसन डिजाइनिङ कोर्स गरिरहेकाले पनि उनी मोडलिङमा आएको बताउँछिन् । अनुजा आफूले बेष्ट गरिरहेको र आफ्नो ग्रोथ क्रमैसँगै भइरहेकाले प्रतियोगिताको टाइटल होल्डर आफैँ हुन सक्ने बताउँछिन् । उनको उद्देश्य अन्तर्राष्ट्रिय स्तरका प्लेटफर्ममा मोडलिङ गर्ने रहेको छ । मोडलिङको माध्यमबाट नेपाललाई विदेशमा परिचित गराउने गरी कार्य गर्ने छु उनी भन्छिन् ।
कामना बोहरा

झापाकी २४ वर्षिया कामना बोहरा स्नातक अध्ययरत छिन् । उनलाई गायन र अभिनयमा रुची छ । उनले मोडल हन्टको बारेमा सोसल मिडियाबाट थाहा पाएकी थिइन् । उनलाई यसअघि प्रतियोगितामा भाग लिइसकेका उनका सिनियरहरूले मोडल हन्ट प्रतियोगितामा भाग लिन सुझाव दिइरहेका हुन्थे । आयोजक संस्था नेक्स्ट मोडल मोडलिङमा करिअर बनाउन खोजिरहेका नयाँ प्रतिभाहरूलाई ग्रुमिङ गराएर उपयुक्त प्लेटफर्म दिने नेपालको अब्बल मोडलिङ एजेन्सी भएको कामना बताउँछिन् ।
यो प्रतियोगितामा भाग लिएर ग्रुमिङ क्लास लिने थालेपछि आफूमा निकै परिवर्तन आएको कामना बताउँछिन् । ‘म खासै बोल्न सक्दिनथेँ, कन्फिडेन्ट पनि त्यति थिएन तर अहिले आफूलाई सहज ढंगले प्रस्तुत गर्न सक्ने भएकी छु’ बोहरा भन्छिन् । स्टाइलिङ, कम्युनिकेशन, मेकअप आदिका बारेमा सिक्ने पाएको उनले बताइन् ।
‘म पढनमात्रै रुचाउने केटी हुँ । तर मोडलिङ एकदमै रुची छ । यो प्रतियोगितामा भाग लिएको मैले ममीलाई मात्र भनेको छु, उनी भन्छिन्, ‘ममी एकदमै सर्पोटिभ हुनुहुन्छ । ममीलाई मोडलिङ क्षेत्र एकदमै मन पर्छ ।’ ‘ममा कुनै पनि काम फत्ते गर्ने महत्वकांक्षा छ । म फेक्जिबल पनि छु जसले गर्दा म यो प्रतियोगिताको वीनर हुनसक्छु भन्ने लाग्छ’ उनी भन्छिन् ।
मोडलिङमा सफल हुन स्थिरता र प्यासन एकदमै हाई हुनुपर्ने उनको बुझाई छ । मोडलिङप्रतिको बुझाई अहिले पनि सबैतिर सकारात्मक छैन । त्यही भएर यो फिल्डमा लाग्नेहरूमा आफ्नो कामप्रतिको प्रतिवद्धता दर्बिलो हुनुपर्ने कामना बताउँछिन् । प्रतियोगिताका क्रममा आफूले निकै रमाइलो गर्दै थुप्रै ज्ञान हासिल गरेको उनले बताइन् । कामना मोडलिङ क्षेत्रमा रहेका नकारात्मक धारणालाई बदल्न आफू क्रियाशील रहने बताउँछिन् ।
कृतिका खड्का

बाग्लुङकी २१ वर्षिया कृतिका खड्का सैनिक आवासीय महाविद्यालयबाट बीबीए गर्दैछिन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । फोटो खिच्न भनेपछि उनी हुरुक्कै हुन्थिन् । क्यामरा देख्ने बित्तिकै मेरो फोटो खिचिदिनु न भन्दै कर गर्ने गर्थिन् कृतिका । मोडल हन्ट रनवे मोडलिङका लागि पहिलो स्टेप भएकाले आफू यो प्रतियोगितामा भाग लिएको उनी बताउँछिन् । उनले मोडलिङमा नयाँ अवसर खोज्नका लागि मोडल हन्टमा आएको बताइन् ।
कृतिका एक्लै कोठामा बस्ने र पढ्न रुची राख्ने युवती हुन् । उनलाई बाहिर घुम्न निस्कन मन पर्दैनथ्यो । मोडल हन्टमा भाग लिएपछि उनी बाहिर निस्कन र घुमघाम गर्न रुचाउने भएकी छिन् । आफूलाई अलिकता ग्रुम गर्न सकेको उनी बताउँछिन् । आत्मविश्वास बढेको छ । आफूलाई कसरी प्रस्तु गर्ने भन्ने विषयमा निकै ज्ञान हासिल भएको कृतिका बताउँछिन् ।
भक्तपुरमा रहेको सैनिक कलेजबाट ट्रेनिङका लागि ठमेल आउन जान उनलाई टाइम व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । मोडल हन्ट प्रतियोगिताको प्रतिस्पर्धी भइसकेपछि त्यही खालको गेटअपमा हिँड्नु पर्यो उनी भन्छिन, ‘मलाई अहिले आफ्नो पढाई ट्रेनिङका लागि टाइम व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’
उनलाई मोडलिङमा लाग्न परिवारको पनि सर्पोट छ । उनी यो क्षेत्रमा रहर लागेर आएपनि यसैमा करिअर बनाउने गरी मेहनेत गरिरहेको बताउँछिन् । उनी रनवे मोडल बन्ने र फोटो सुट गर्ने आफ्नो रहर भएको बताउँछिन् । मोडलिङमा अघि बढ्न सकेमा आफ्नै विजनेस गर्ने योजना पनि कृतिकाले बनाएकी छिन् । मोडलिङमा करिअर बनाउनेहरूको लागि नेक्स्ट मोडल भरपर्दो एजेन्सी रहेको बताउँछिन् । अवसर पाउँदा नेपालमै बसेर काम गर्ने उनको योजना छ । कृतिका बुबा अवकाशप्राप्त कर्नेल हुन् भने ममी कानुन व्यवसायी छिन् ।
सञ्जु केसी

काठमाडौं दक्षिणकालीकी २४ वर्षिया सञ्जु केसीले ट्रिनिटी कलेजबाट सीएसआईटी विषयमा स्नातक गरेकी छिन् । मास्टर्स ज्वाइन गर्नुपर्ने बेलामा उनी अहिले मोडल हन्टमा प्रतिस्पर्धी छिन् । उनले अभिभावकसँग आफूलाई औधी रुची भएको क्षेत्र मोडलिङमा एक्स्प्लोर गर्नका लागि दुई वर्षको टाइम मागेकी छिन् । ‘मैले बाब ममीसँग दुई वर्ष मेरो रुचीको क्षेत्रमा केही गर्न टाइम दिनुस भनेर अनुरोध गरेको छु । मेरो अनुरोधलाई उहाँहरूले स्वीकार गर्नुभएको छ, सञ्जु भन्छिन्, ‘म यी दुई वर्षमा मोडलिङमा केही गरेर देखाउने दृढताका साथ मेहनेत गर्नेछु ।’
सञ्जुलाई मोडलिङमा सानै देखि रुची थियो । ‘मोडलहरूले कन्फिडेन्टका साथ ¥याम्पवाक गरेको दृश्य, सबैले मोडललाई हेरिरहेको दृश्य हेर्दा म भुतुक्कै हुन्छु सञ्जु भन्छिन्, ‘त्यो स्टेजवाला फिलको आनन्द लिन र मोडलिङमा केही गरेर देखाउन मैले यो प्रतियोगितामा भाग लिएको हुँ ।’ स्कुल तथा कलेजमा आयोजना हुने गायन, नृत्य, नाटक आदि कार्यक्रममा भाग लिँदै आइरहेकी उनले सन् २०२४ मा पनि प्याजेन्टमा भाग लिएकी थिइन् । त्यो कार्यक्रमबाट आफूमा अझै कन्फिडेन्ट बढेको उनले बताइन् ।
मोडल हन्टको ग्रुमिङ क्लास लिन थालेपछि उनमा कन्फिडेन्ट बढ्दै गएको छ । रनवे मोडलिङका लागि चाहिने स्किलहरूको बारेमा नलेज बढ्दै गइरहेको छ । उनी मोडलिङमा करिअर बनाउनकालागि लागेको बताउँछिन् । मोडलिङमा रुची भएका कारण उनलाई मोडल हन्ट र आयोजक संस्था नेक्स्ट मोडलको बारेमा धेरै पहिलादेखि नै जानकारी थियो । मानसिक रूपमा तयारी गरेर आत्मविश्वासका साथ प्रस्तुत हुँदा मोडलिङमा केही गर्न सकिने विश्वास उनमा रहेछ । उनको रोलमोडल मोडल हन्टकी कोरियोग्राफर सविता कार्की हुन् ।
लिना आचार्य

सुर्खेतकी २४ वर्षिया लिना आचार्य नमुना कलेज अफ फेसन टेक्नोलोजी कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै छिन् । फेसन डिजाइनिङ र मोडलिङ रिलेटेड भएकाले पनि उनलाई मोडलिङमा रुची बढेको हो । उनी आफूलाई स्टाइलिष्टका रूपमा एक्स्प्लोर गर्न रुचाउँछिन् । ‘मोडलिङमा आफूलाई भिन्न तरिकाले प्रस्तुत गर्न सकिने भएकाले मलाई यो क्षेत्र मन पर्छ, लिना भन्छिन्, ‘मोडलिङ भनेको रोलमोडल हुने प्रोफेसन हो । मोडलले क्यारी गरेका आउटफिट अरुले फलो गर्नुहुन्छ । त्यही भएर मोडलिङ मलाई विशेष लाग्छ ।’
यो प्रतियोगितमा भाग लिएपछि वाक राम्रो हुँदै गएको, सेल्फ कन्फिडेन्ट बढेको र मोडलिङ क्षेत्रको धेरै कुरा थाहा पाएको लिना बताउँछिन् । उनी आफूलाई स्टाइलिष्ट र मोडलका रूपमा अगाडि बढाउन चाहन्छिन् ।
परिवारबाट सर्पोट रहेको बताउने लिना यस्ता प्रतियोगिताले आफूमा रहेको प्लस र माइनस प्वाइन्टका बारेमा जानकारी लिन सहज हुने बताउँछिन् । ‘म केमा राम्रो गर्न सक्ने रहेछु र कुन पक्षमा सुधार गर्नु पर्ने रहेछ भनेर ग्रुमिङ क्लासका बेलामा थाहा पाइन्छ’ उनी भन्छिन् ।
डा.अनिमा भण्डारी

काठमाडौं विश्वविद्यालयबाट दन्त चिकित्सक अध्ययन गरेकी २७ वर्षिया डा. अनिमा भण्डारी चाबहिलमा रहेको बुद्ध डेन्टल हस्पिटलमा कार्यरत छिन् । उनी काठमाडौं बुढानिलकण्ठकी स्थायीबासी हुन् । उनलाई मोडलिङमा सानैदेखि रुची थियो । मिडियामा आफूलाई प्रस्तुत गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई । ‘म पढाइमा फोकस थिएँ, मेडिकल साइन्स पढ्दै मोडलिङ अघि बढाउन सकिन्, डा.अनिमा भन्छिन्, ‘मेरो अहिले पढाइ पनि सकियो, चिकित्सकको करिअर पनि सुरु गरी सकेँ । यो टाइम आफ्नो रुचीको क्षेत्रमा दिन सकिन्छ भनेर मोडल हन्टमा प्रतिस्पर्धा गरेकी हुँ ।’
डा. अनिमाका बुबा राष्ट्र बैंकका अधिकृत थिए भने ममी प्रोफेर । एकाडेमिक पारिवारिक पृष्ठभूमि भएकी उनी परिपक्व भएर मोडलिङमा आफूलाई एक्स्प्लोर गर्दै छिन् । उनलाई बुबा÷ममीको पूर्ण रूपमा सर्पोट रहेको छ । ‘म निकै पढन्ते थिएँ, उनी भन्छिन्, ‘मैले डाक्टरको पढाइ सकेर काम पनि सुरु गरी सकेँ । त्यही भएर मोडलिङमा लाग्दा अब केही बिग्रँदैन भनेर बुबा÷ममी पनि ढुक्क हुनुहुन्छ ।’ छोरी आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएकोमा उनका अभिभावक पनि खुशी भएका छन् ।
‘म मानिसहरूसँग बोलचाल ठिकै गर्थेँ, प्यासेन्टहरूसँग डिल गर्नुपर्ने भएकाले मानिससँग बोल्न डर त लाग्दैनथ्यो, डा. अनिमा भन्छिन्, ‘यो प्रतियोगितामा भाग लिएपछि मैले फरक–फरक पृष्ठभूमि मानिसहरू जो यसअघि मैले संगत गर्न पाएको थिइन् उहाँहरूसँग नयाँ नयाँ विषय सिक्न पाइरहेको छु ।’ आफूभन्दा सानो र आफूभन्दा ठूलो जेनेरेसनसँग संगत गर्न पाउँदा धेरै कुरा सिक्न सकेको उनी बताउँछिन् ।
मोडलिङका लागि चाहिने वाक, कन्फिडेन्ट, कसरी ग्ल्यामर देखिने आदि विषय ग्रुमिङ क्लासमा सिक्न पाइएको उनी दंग छिन् । ‘म रहर पूरा गर्न यो प्रतियोगितामा आएको थिएँ उनी भन्छिन्, ‘तर यहाँ आएर जुन लगानशीलताका साथ मैले क्लासहरू लिइरहेको छु । अब मलाई यसको टाइटल होल्ड गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’ उनी आफ्नो चिकित्सक पेशासँगै मोडलिङलाई अघि बढाउने निष्कर्षमा पुगेकी छिन् । डा. अनिमा आफूलाई रनवे मोडलिङ र प्रडक्ट एडमा आफूलाई फोकस गर्न चाहन्छिन् ।
पहिला डा. अनिमाको इच्छा विदेशमा सेटल हुने थियो । उनी अमेरिकी केही समय बसिन् पनि । उनले अमेरिकामा दन्त चिकित्सको लाइसेन्स पनि लिएकी थिइन् । उनलाई अमेरिकका बसाई मोनोटोनस लाग्यो । ‘म नेपालमै केही गर्न सक्छु । आफ्नै क्लिनिक खोलेर पनि काम गर्न सक्छु, डा. अनिमा भन्छिन्, ‘मैले विदेश जाने सोचेको छैन । मोडलिङमा पनि लागेको छु । यहीँ करिअर अघि बढाउँछु ।’
रानी खड्का

काठमाडौं महाराजगञ्जकी १९ वर्षिया रानी खड्का ललितकला क्याम्पसमा फाइन आर्ट विषयमा स्नातक अध्ययनरत छिन् । उनलाई मोडलिङमा सानैदेखि रुची थियो । तर, आफ्नो रुची बुबा/ममीलाई भन्न सकेकी थिइनन् । उनले प्लस टुमा कानुन पढेकी थिइन् । ‘प्लस टु कानुन विषय लिएर पढेँ । स्नातकमा फाइन आर्ट पढ्छु रानी भन्छिन्, ‘फाइन आर्ट हुँदै मोडलिङमा प्रवेश गर्ने बाटो बनाउँदै छु ।’
रानीले सकेसम्म मोडलिङमा करिअर बनाउने सोचेकी छिन् । फाइन आर्टमा स्नातक गरिसकेपछि फेरी कानुन पढ्ने उनको योजना छ । ‘मलाई कानुन विषयमा रुची थिएन, उनी भन्छिन्, ‘बाबाले कानुन पढ्नु पर्छ भनेका कारण प्लस टुमा कानुन पढेको हुँ । पढ्न थालेपछि मलाई कानुन विषय पनि मन पर्न थाल्यो ।’ उनले बाबालाई आफूलाई मन लागेको विषय फाइन आर्ट पढिसकेपछि पुनः कानुन विषय पढ्छु भनेर राजी गराएकी छिन् ।
मोडल हन्ट प्रतियोगितामा भाग लिएपछि रानीले आफूमा फिल गर्न सकिने खालका परिवर्तन आएको बताइन् । ‘मलाई क्यामेरा फेस गर्न, धेरै मानिसहरू भएको ठाउँमा बोल्न साह्रै डर लाग्थ्यो, रानी भन्छिन्, ‘अहिले आत्मविश्वासको लेबल निकै बढेको छ । स्पिकिङ पनि सुधार भएको छ ।’
मोडल हन्टको बारेमा धेरै पहिलादेखि सुनेको बताउने उनले यस अघि पनि प्रतियोगितामा भाग लिने बिचार गरेकी थिइन् । तर, उनलाई सकिँदैन कि भनेर डर लाग्थ्यो । तर यस पटक आँट गरेर प्रतियोगितामा भाग लिएको रानी बताउँछिन् । ग्रुमिङ क्लासमा मोडलिङका लागि चाहिने सबैखालका ज्ञान प्रदान गरिने भएकाले उनलाई अहिले निकै सहज भइरहेको छ ।
मोडलिङमै करिअर बनाउन सकिन्छ भन्ने आँट पनि बढेको छ रानीलाई । सोसल मिडियामा एक्टिभ उपस्थिति जनाउन उनलाई अलि गाह्रो भइरहेको छ । उनी कुनै काम फत्ते भइसकेपछि मात्रै अरुलाई शेयर गर्ने स्वभावकी छिन् । तर ग्रुमिङ क्लासका क्रममा भएका सम्पूर्ण गतिविधि विभिन्न सोसल मिडियामा पोस्ट गरिरहनु पर्ने कार्य उनलाई अलि गाह्रो लागेको बताइन् ।
श्रीजा घिमिरे

वीरगञ्जकी २० वर्षिया श्रीजा घिमिरे थेम्स इन्टरनेशनल कलेजमा मनोविज्ञान र सोसल वर्क विषयमा स्नातक गर्दै छिन् । श्रीजाका छिमेकीहरू मोडलिङ पेसामा छन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । ‘मेरा छिमेकी सुवेच्छा, अदिती अधिकारी मोडलिङमा हुनुहुन्छ । उहाँहरूबाट प्रभावित भएर म पनि मोडलिङमा लागेको हुँ’, श्रीजा भन्छिन् । उनलाई मोडलिङमा लाग्न अभिभावको पनि सर्पोट छ ।
मोडल हन्ट प्रतियोगितामा भाग लिएपछि उनले समय व्यवस्थापन गर्न सिकेकी छिन् । कन्फिडेन्ट बढेको छ, मानिसहरूका अगाडि निर्धक्क बोल्न सक्ने भएकी छिन् श्रीजा । स्टाइल गर्ने, हिँड्ने, आफूलाई प्रस्तुत गर्ने तरिकाहरू सिकेको उनले बताइन् । उनी स्वीम सुट राउण्डमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न सक्ने बताउँछिन् ।
ग्रुमिङ क्लासमा क्यामेरा फेस गर्ने देखि, स्टाइल गर्न, बोल्न, वाक गर्दा के कसरी गर्ने, आउटफिट छनोट कसरी गर्ने लगायत थुप्रै विषय सिक्ने अवसर पाएको उनी बताउँछिन् । मोडलिङमा करिअर बनाउन उनी प्रतियोगितामा भाग लिएको बताउँछिन् । रनवे मोडलिङ हुँदै एक्टिङमा जाने उनको इच्छा छ ।
अनुशा शाक्य

काठमाडौं स्वयम्भुकी २१ वर्षिया अनुशा शाक्य काठमाडौं डनबस्को कलेजमा बीबीए गर्दै छिन् । अनुशाका बुबा इन्जिनियर हुन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । टेलिभिजनमा फेसन सो तथा मोडलिङ सम्बन्धी प्रतियोगिता हेर्न रुचाउने उनी मोडलिङ स्टार्ट गर्ने उपयुक्त प्लेटफर्मको खोजिमा थिइन् । ‘रनवेमा मोडलहरू कन्फिडेन्टका साथ वाक गरेको देख्दा मलाई पनि त्यसैगरी हिँड्न पाए हुन्थ्यो भन्ने लाग्थ्या, अनुशा भन्छिन, ‘मोडलिङको बारेमा जानकारी हासिल गर्न तथा आफूलाई प्रोफेसनल मोडलका रूपमा अघि बढाउन म मोडल हन्टमा प्रतिस्पर्धी भएको हुँ ।’
यो प्रतियोगितामा भाग लिएपछि उनले आफूलाई कसरी ग्रुम गर्ने, आफ्नो पसर्नालिटी कसरी आकर्षक बनाउने, स्टेजमा कन्फिडेन्ट कसरी ल्याउने भन्ने बारेमा ज्ञान हासिल गरेकी छिन् । मोडलका लागि चाहिने बेष्ट वाक कसरी गर्ने, मानिसहरूसँग कसरी बोल्नेदेखि सोसल मिडियामा आफूलाई प्रस्तुत गर्ने तरिकाहरू पनि सिकेको अनुशा बताउँछिन् । मोडलिङ गर्दै त्यसबाट कनेक्सन बनाउने र पछि विजनेस गर्ने उनको योजना छ ।
कविता आलेमगर

काठमाडौं ढल्कुकी २२ वर्षिया कविता आले मगरले प्लस टु अध्ययन गरेकी छिन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । उनलाई सिंगर बन्न मन थियो । स्कुलमा हुँदा उनी गीत गाउँथिन् । सर, म्याम, साथीहरूले एकदमै राम्रो स्वर भन्दै तारिफ गर्नुहुन्थ्यो कविता भन्छिन् । सबैले तारिफ गरेपछि उनलाई आफू राम्रै गाउँछु कि जस्तो लाग्थ्यो । प्लस टु पढ्न थालेपछि गीता गाउँदा कवितालाई आफ्नो स्वर नै मन परेन ।
कवितालाई रनवे मोडलिङ एकदमै मन पर्ने क्षेत्र हो । सविता कार्की म्यामले रनवेमा वाक गरेको देख्दा मलाई पनि यसैगरी हिँड्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो कविता भन्छिन् । ‘विभिन्न डिजाइनरहरूले तयार पारेका फरक फरक डिजाइनमा आफूलाई विभिन्न लुकमा प्रस्तु गर्न पाइने भएकाले मलाई रनवे मोडलिङ मनपर्छ, कविता भन्छिन्, ‘म आफूलाई उत्कृष्ट रनवे मोडलका रूपमा स्थापित गराउन मोडल हन्टमा आएको हुँ ।’
उनी अहिले खाली थिइन् । कलेज ज्वाइन गरेकी थिइनन् । फुर्सदको टाइम सदुपयोग पनि हुने र आफूलाई इच्छा लागेको क्षेत्रमा केही सिक्न पनि पाइने भएकाले प्रतियोगितामा भाग लिएको उनी बताउँछिन् ।
ग्रुमिङ क्लास लिएपछि आफूमा आएको परिवर्तन देखेर कविता दंग छिन् । ‘म मानिसहरूसँग बोल्नै सक्दैनथेँ, अहिले पनि आई कन्ट्याक्ट गरेर बोल्न डर लाग्छ, कविता भन्छिन्, ‘सेल्फ कन्फिडेन्ट बढाउन ग्रुमिङ क्लास निकै उपयोगी भयो ।’ मोडलिङ लाइफ र नर्मल लाइफको बीचमा के फरक हुने रहेछ, आफूलाई कसरी मेन्टेन गर्नुपर्ने रहेछ लगायत विषयमा ज्ञान हासिल गरेको उनी बताउँछिन् ।
गिता बुढामगर

रोल्पाकी १८ वर्षिया गिता बुढामगर ल्याब टेक्निसियनको पढाई सकेकी छिन् । उनी दाङमा बस्छिन् । उनले दाङबाटै ल्याब टेक्निसियनको पढाई गरेकी हुन् । ‘मलाई ममी एक्लैले हुर्काउनु भएको हो । ममी/बाबको छुट्टी सक्नु भएको छ, गिता भन्छिन्, ‘ममीले दाङमा टेलरिङ पेसा गर्नुहुन्छ ।’
उनले एक वर्ष अघिनै मोडल हन्ट प्रतियोगितामा आउने बिचार गरेकी थिइन् । पढाई नसकिएका कारण आउन नसकेको बताइन् । उनी अहिले यही प्रतियोगिताका लागि काठमाडौं आएकी हुन् । उनी अहिले होस्टलमा बसेर मोडल हन्टको ग्रुमिङ क्लास लिइरहेकी छिन् ।
गितालाई मोडलिङ सानैदेखि मन पथ्र्यो । ममीले विभिन्न डिजाइनका लुगा सिलाएको हेर्दै हुर्किएकी उनी ममीले बनाएका डिजाइनहरू प्रस्तुत गर्नका लागि पनि आफू मोडलिङ लागेको बताउँछिन् । ममीले सिलाउने लुगाहरू क्यारी गरेर भिडियो बनाएर अनलाइनबाट पनि बिक्री गर्ने योजना बनाएको गिता सुनाउँछिन् । उनलाई विभिन्न किसिमका डिजाइन गरिएका लुगाहरू मन पर्छ । यस्ता लुगकाहरू मोडलहरूले लगाएर प्रस्तुत गरेको हेर्दा हेर्दै उनलाई रनवे मोडलिङमा रुची बढेको हो ।
ग्रुमिङ क्लासमा उनले सेल्फ मेकअप, सोसल मिडियामा आफ्नो प्रस्तुति, रनवे वाक, आफूलाई प्रस्तुत गर्ने तरिका आदि सिकेको बताइन् । ‘विभिन्न ठाउँबाट आउनु भएका प्रतिस्पर्धी साथीहरू र क्लास लिन आउने सर म्यामहरूबाट यसअघि सुन्दै नसुनेका र जान्दै नजानेका विषयमा ज्ञान लिन पाउँदा म एकदमै खुशी छु’ गिता भन्छिन् ।
सदिक्षा खनाल

पाल्पाकी २१ वर्षिया सदिक्षा खनालले आईसी कलेजबाट फेसन डिजाइनिङमा स्नातक गरेकी छिन् । उनी १६ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी हुन् । उनी मिस पाल्पा टाइटल वीनर पनि हुन् । उनले मिस नेपाल टिन प्रतियोगितामा पनि भाग लिएकी थिइन् । ब्युटी प्याजेन्टमा भाग लिँदै आएपनि रनवे मोडलिङमा चाहीँ पहिलो पटक भाग लिएको सदिक्षा बताउँछिन् ।
‘मोडल हन्ट प्रतियोगिता एकदमै जेन्युन भएको र रनवे मोडलिङका लागि सबैभन्दा उपयुक्त प्लेटफर्म हो, सदिक्षा भन्छिन्, ‘आफूलाई मोडलिङमा अघि बढाउने सोचिरहेकाहरूका लागि मोडल हन्ट एकमात्र विकल्प हो ।’ यो कार्यक्रममा भाग लिनेहरूले यहाँ सिकेको नलेज आफूमा लागू गर्न सक्ने हो भने भविष्य उज्वल हुने उनको दाबी छ ।
‘म ब्युटी प्याजेन्टमा भाग लिएर आएपनि मलाई रनवेमा वाक गर्न आउँदैनथ्यो । ब्युटी प्याजेन्टमा प्रश्न उत्तरलाई फोकस गरेर ट्रेनिङ दिइन्छ, खनाल भन्छिन्, ‘यो प्रतियोगितामा समग्र व्यक्तित्व विकास सम्बन्धी ट्रेनिङ दिने भएकाले एउटा प्रोफेसनल मोडलमा हुनेपर्ने सम्पूर्ण दक्षता सिक्न अवसर प्राप्त भयो ।’ मोडलिङमै करिअर बनाउन यो प्रतियोगिता भाग लिएको उनी बताउँछिन् । मोडलिङ भनेको एक किसिमको आर्ट हो । यसको माध्यमबाट विभिन्न प्रडक्टलाई आकर्षक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । मोडलिङले व्यक्तित्वमा निखार ल्याउन मद्दत गर्ने उनी बताउँछिन् । सदिक्षा तेक्वान्दोको राष्ट्रिय खेलाडी पनि हुन् । उनले विभिन्न प्रतियोगितामा मेडल जितेकी छिन् ।
एन्जल डंगोल

ललितपुर सानेपाकी ३० वर्षिया एन्जल डंगोलले एमबीएस गरेकी छिन् । उनले विभिन्न कर्पोरट कम्पनीहरूमा काम गरिसकेकी छिन् । उनी बास्केट बल खेलाडी पनि हुन् । मोडलिङमा उनलाई सानैदेखि रुची थियो । तर उनले प्रतियोगितामा भाग लिने अवसर भने पाएकी थिइनन् । श्रृखंला खतिवडा मिस नेपाल वीनर भएको वर्ष एन्जलले पनि मिस नेपालमा भाग लिएकी थिइन् ।
‘आर्ट फिल्डमा केही नयाँ कुरा स्टार्ट गर्नु थियो एन्जल भन्छिन्, ‘मोडल हन्ट प्रतियोगिता उपयुक्त प्लेटफर्म लागेर यसमा भाग लिएकी हुँ ।’ ट्रेनिङ निकै उपयोगी रहेको उनी बताउँछिन् । ग्रुमिङ क्लासमा डेली लाइफ र प्रफोसनल लाइफमा चाहिने धेरै विषय सिकाइने भएकाले आफूलाई ग्रुम गर्न मद्दत पुगेको एन्जल बताउँछिन् ।
मोडल हन्ट प्रतियोगिता मोडलिङ क्राफ्ट गर्ने पूर्ण प्याकेज भएको उनी बताउँछिन् । रनवे वाक, फोटो सुट, पोस्चर, आफूलाई प्रिजेन्ट गर्ने तरिका देखि सञ्चार स्किलसम्म सिकाइने यो प्रतियोगितामा हासिल गरेका ज्ञान जीवनभर काम लाग्ने एन्जल बताउँछिन् ।
प्रतियोगितामा भेट भएका साथीहरूबाट धेरै कुरा सिक्न सकेको बताउने उनी मोडलिङमा निरन्तर लाग्ने बताउँछिन् । उनलाई विदेशमै सेटल हुने गरी बाहिर जान मन छैन । ‘घरमा बस्दा आफूलाई म नै राम्री छु जस्तो लाग्थ्यो, एन्जल भन्छिन्, ‘मोडल हन्टका एक से एक प्रतिस्पर्धी देखेपछि आफूले आफैँलाई जज गर्ने मौका र कसरी आफूलाई ग्रुम गर्ने भन्ने ज्ञान पनि पाएको छु ।’
दिपिका शाह

बाँके कोहलपुरकी दिपिका शाहले आईसी कलेजबाट फेसन डिजाइनिङ कोर्स गरेकी छिन् । उनले बीएसडब्लु विषयमा स्नातक पनि गरेकी छिन् । उनको उचाई राम्रो छ । उनी टल छिन् । साथीहरूले यस्तो टल हाइट भएको मान्छे मोडलिङमा लाग्नु नि ! भनेर उनलाई हौशला दिन्थे । मलाई लाइफ केही नयाँ ट्राइ गरुँ भन्ने लागिरहेको थियो त्यही भएर मोडल हन्ट प्रतियोगितामा भाग लिएको हुँ दिपिका भन्छिन् ।
‘मलाई मोडलिङ रुची भएकाले कुनै रनवे शोमा भाग लिन पएँ हुन्थ्यो भन्ने लागिरहेको थियो । साथीहरूलाई पनि कुनै शोमा ट्राइ गरौँ न भनिरहेको हुन्थेँ, दिपिका भन्छिन्, ‘साथीले नै मोडल हन्ट प्रतियोगिताको बारेमा जानकारी दिएर उसकै ‘थ्रु’ यसमा सहभागी हुन आएकी हुँ ।’
दिपिका हिल्स लगाएर हिँड्न सक्दिन थिइन् । यो कार्यक्रममा भाग लिएपछि उनी हाई हिल्स लगाएर क्याट वाक गर्न सक्ने भएकी छिन् । ‘कन्फिडेन्ट बढेको छ, नयाँ मानिसहरूसँग बोल्न सक्ने भएकी छु उनी भन्छिन्, ‘प्रोफेसनल लाइफमा चाहिने धेरै खालका सीप ग्रुमिङ क्लासबाट पाइएको छ ।’
मोडलिङमा करिअर बनाउन उनको इच्छा छ । परिवारबाट मोडलिङ लाग्न सर्पोट रहेको उनी बताउँछिन् । मलाई धेरै कुरा आउँछ जस्तो लाग्थ्यो तर प्रतियोगितामा भाग लिएपछि आफूमा भएका कमजोरी थाहा पाएँ दिपिका भन्छिन् ।
सरु कार्की डोली परियार

सुनसरी धरानकी २६ वर्षिया सरु कार्की डोली परियार सोसल मिडियामा कन्टेन्ट क्रियट गर्छिन् । उनी विभिन्न क्लब तथा लाउन्जहरूको व्यवस्थापन गर्ने कार्यमा पनि संलग्न छिन् । उनले क्लबको सेल्स एण्ड मार्केटिङ हेर्नुका साथै एवं सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्छिन् ।
सरुलाई सानैदेखि मोडलिङमा रुची थियो । उनी सोसल मिडियामा आफ्नो प्रस्तुति दिने गर्थिन् । टाइम म्यानेज गर्न नसकेका कारण उनले यस्ता प्रतियोगितामा भाग लिन भने पएकी थिइनन् । मोडल हन्ट प्रतियोगितामा भाग लिन पाएर उनी एकदमै खुशी छिन् । ग्रुमिङ क्लासका क्रममा उनले प्रोफेसनल लाइफमा काम लाग्ने धेरै विषय सिक्न सकेको बताइन् ।
‘मलाई वाक गर्न आउँदैनथ्यो, मोडलिङमा रुची भएपनि यसको बारेमा जानकारी थिएन्, सरु भन्छिन्, ‘ग्रुमिङ क्लासमा रनवे वाकदेखि आफ्नो पसर्नालिटी डेभलपमेन्टसम्मका कुरा सिक्न पएँ ।’ म सोसल मिडियाकै लागि कन्टेन्ट क्रियट गर्छु तर यसलाई अझै कसरी बेष्ट बनाउने भन्ने बारेमा पनि मोडल हन्टबाट सिक्न पाएको उनी बताउँछिन् । सेल्फ कन्फिडेन्ट बढेको छ उनी भन्छिन् ।
स्नातक गरेकी उनी भविष्यमा मोडलिङसँग आफूले सम्हाल्दै आएको पेसा गरिराख्ने बताउँछिन् । राती काम गर्ने र दिउँसो ट्रेनिङमा आउनु पर्दा उनलाई टाइम व्यवस्थापन गर्न गाह्रो परिरहेको छ । मोडलिङमा लाग्न चाहनेहरूका लागि मोडल हन्ट बेस्ट प्लेटफर्म भएको सरु बताउँछिन् ।
माही क्षेत्री

कैलाली टिकापुरकी २२ वर्षिया माही क्षेत्री स्नातक तहमा अध्ययनरत छिन् । उनका बुबा÷ममी इण्डियामा छन् । उनी अंकल अण्टीसँग काठमाडौंको लाजिम्पाटमा बस्छिन् । उनका बुबा÷ममी दुबैले विजनेस गर्छन् । माहीलाई मोडलिङमा सानैदेखि रुची थियो । तर परिवारबाट उनलाई मोडलिङमा लाग्न अनुमति मिलेको थिएन । अहिले फेमलीलाई कन्भिन्स गरेर मोडल हन्ट प्रतियोगितामा भाग लिन आएको माही बताउँछिन् ।
माही सोसल मिडियाका लागि कन्टेन्ट क्रियट गर्छिन् । उनले विभिन्न क्लोथिङ ब्राण्डका लागि कन्टेन्ट क्रियट गर्ने गरेको बताउँछिन् । उनले नेसनल डिजाइनर रनवेमा मोडलिङ पनि गरिसकेकी छिन् । ‘म अघिल्लो वर्षको मोडल हन्टमा आउन चाहिरहेको थिएँ । त्यो बेला ढिला भयो, माही भन्छिन्, ‘यस पटक भाग लिने पाएर निकै खुशी छु ।’
मोडल हन्टको ग्रुमिङ क्लास माहीका लागि निकै उपयोगी सावित भएको । उनको सेल्फ कन्फिडेन्ट बढेको छ । सोसल मिडियामा उत्कृष्ट कन्टेन्ट कसरी क्रियट गर्ने भनेर उनले थप जानकारी हासिल गर्न पाएकी छिन् । ‘कसरी हिड्ने, कसरी बस्ने, बडी पोस्चर कस्तो हुनुपर्छ, आफूलाई फिट राख्न गर्नुपर्ने एक्सरसाइजको बारेमा जानकारी लिन पाइयो, माही भन्छिन्, ‘ग्रुमिङ क्लासको कोर्स यसरी डिजाइन गरिएको छ जुन जोकोहीलाई लाइफ लङ काम लाग्ने खालका छन् ।’
‘मेरो ममी छोरीले कहिले मोडलिङमा राम्रो गर्ला भनेर प्रतीक्षा गरिरहनु भएको छ, उनी भन्छिन्, ‘म मोडलिङ बेस्ट गर्नका लागि नै दिनरात मेहनेत गरिरहेको छु ।’ नेक्स्ट मोडलले नयाँ फेसलाई स्थान दिने र ग्रुमिङ गराउने भएकाले यो संस्था आफूलाई बेस्ट लागेको उनी बताउँछिन् । रनवे मोडलिङ, प्रडक्ट एड, कन्टेन्ट क्रियटर लगायत क्षेत्रमा अब्बल काम गर्ने माहीको इच्छा छ । उनी नेपालमै बसेर मोडलिङमा करिअर बनाउन बताउँछिन् । मोडलिङ गरेरै आयआर्जन गर्न सकिने अवस्था बन्दै गएको माही बताउँछिन् । उनलाई जिम गर्न र ट्राभल गर्न मनपर्छ ।
प्रेरणा मेहता

सुनसरी इनरुवाकी २३ वर्षिया प्रेरणा मेहता ब्रिटिस कलेजमा ब्याचलर इन हस्पिटालिटी विजनेस म्यानजमेन्टको फाइनल इयरको विद्यार्थी हुन् । अहिले सेमेस्टर ब्रेक भएर फुर्सद भएकाले उनी मोडल हन्ट प्रतियोगितामा भाग लिइरहेकी छिन् । उनको बुबा इन्स्युरेन्स कम्पनीमा काम गर्नुहुन्छ भने ममीले काठमाडौँको बानेश्वर चोकमा रहेको हिमालय जाभा कफी सप सञ्चालन गर्नुहुन्छ ।
मोडलिङ र ग्ल्यामर दुनियाँ तिर सानैदेखि रुची थियो प्रेरणालाई । तर उनले आफूलाई एक्स्प्लोर गर्ने उपयुक्त अवसर भने पाइरहेकी थिइनन् । कक्षा ६ मा पढदा उनले लिटिल प्रिन्सेसमा भाग लिएकी थिइन भने मिस एसइइमा पनि उनले सहभागिता जनाएकी थिइन् ।
‘मैले मोडल हन्टमा दुई वर्ष अघि नै आउन चाहेको थिएँ प्रेरणा भन्छिन्, ‘पढाइका कारण टाइम म्यानेज गर्न नसकेकाले भाग लिन सकिन् ।’ यसपटक उनको पाढइ पनि लास्ट सेमेस्टर भएको र टाइम पनि मिलेकाले भाग लिएको बताइन् । अडिसन दिएपछि वेटिङ लिष्टमा रहेकी उनी पछि सेलेक्ट भएकी हुन् ।
‘ग्रुमिङ क्लासपछि आफू भित्रको सेल्फ कन्फिडेन्ट बढेको, मोडलिङका विभिन्न पाटाहरूको बारेमा जानकारी हासिल गर्न सकिएको छ, प्रेरणा भन्छिन्, ‘वर्षौं कलेज पढ्दा हासिल गर्न नसकिने नलेज ग्रुमिङ क्लासको एक महिनामा प्राप्त गरिएको छ ।’ उनले प्रतियोगितामा सहभागी भइरहँदा आफूलाई निकै रमाइलो लागिरहेको बताइन् । उनको ममीलाई पनि मोडलिङ निकै मन पर्छ । मोडल हन्ट नेपालले आफूलाई ग्रुम गर्न निकै मद्दत गरेको उनी बताउँछिन् ।
तादिन खत्री

मोरङ उर्लाबारीकी तादिन खत्री कक्षा १० मा अध्ययन गर्दै छिन् । उनी १६ वर्षकी मात्रै भइन् । यो वर्ष एसइइ दिने तयारी गरिरहेकी उनी पनि मोडल हन्ट प्रतियोगितामा प्रतिस्पर्धी छिन् । उनी अनलाइन क्लसमा स्कुलको कोर्स पढिरहेकी छिन् भने मोडल हन्टको ग्रुमिङ क्लास फिजिकल नै उपस्थित भएर लिइरहेकी छिन् । उनी अभिभावकको सर्पोट र सहमतिमा नै प्रतियोगितामा भाग लिइरहेको बताउँछिन् ।
झापामा भएको टिन स्टार नेपालको वीनर भएपछि उनलाई मोडल हन्टमा सिधै इन्ट्री मिलेको हो । मोडल हन्ट यति छिट्टै अवसर मिल्छ भन्ने लागेको थिइन उनलाई । प्रतियोगिताको फाइनल सकिएपछि एसइइको तयारी गर्ने उनको योजना छ । उनले पढाइ र मोडलिङ सँगसँगै लाने बताइन् । मोडलिङका लागि चाहिने आधारभूत ज्ञान हासिल गर्न सकेको उनले बताइन् । ग्रुमिङ क्लास लिएपछि कन्फिडेन्ट बढेको र अरुसँग बोल्न सक्ने भएकी छु । कक्षा १० पढ्दै गर्दा मैले आफूभन्दा निकै सिनियर र अनुभवी दाई दिदीहरूसँग संगत गर्न पाएँ तादिन भन्छिन् । मैलै कैयौँ वर्षपछि भेट्न मुश्किल पर्ने मेन्टरहरूको क्लास लिन पाएँ त्यसैले म खुशी छु उनी भन्छिन् ।
जयन्ती पनेरु

डडेलधुराकी २० वर्षियाा जयन्ती पनेरु बीबीए अध्ययनरत छिन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । टिभी हेर्दा कलाकारले नाचेको देख्दा उनलाई पनि यस्तै गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । उनी आफूलाई मनै देखि गर्न लागेको क्षेत्र भएकाले मोडल हन्ट प्रतियोगितामा भाग लिएको बताउँछिन् ।
उनले स्नातक सकेपछि मोडलिङ सुरु गर्छु भन्ने लागेको थियो । तर मनको इच्छा पूरा गरी हालुँ भनेर उनी यसपटक प्रतियोगितामा भाग लिएको बताउँछिन् । ‘पछि अलि सकिँदैन भन्ने लागेर अहिले नै भाग लिएको हुँ, जयन्ती भन्छिन्, ‘अन्य प्रतियोगिता भन्दा मोडह हन्ट बेष्ट लागेर यसका भाग लिएको हुँ ।’
‘ग्रुमिङ क्लासमा बस्दा आफूलाई धेरै नै चेन्ज गर्न पाएँ, उनी भन्छिन्, ‘बोल्न, हिँड्न, आफूलाई मानिसहरू माझ प्रस्तुत गर्न आदि धेरै विषय सिक्न पाएँ । ट्रेनिङमा सिकेका कुरा जीवनमा पछिसम्म काम लाग्ने खालका रहेको जयन्ती बताउँछिन् ।
जयन्तीलाई सोसल मिडियाको बारेमा धेरै कुरा थाहा थिएन । सोसल मिडियामा आफूलाई प्रस्तु गर्ने तरिका पनि उनले सिकेकी छिन् । समग्रमा मेरो व्यक्तित्व नै विकास भएको छु उनी भन्छिन् । ‘म साधारण जयन्तीबाट मोडल जयन्ती हुने बाटोमा निकै अघि बढेको महशुस भएको छ’ उनी भन्छिन् । ट्रेनिङमा उनलाई टाइम म्यानेज गर्न गाह्रो भइरहेको छ । उनी यसपटक प्रतियोगितामा वीनर हुन सकिनन् भने पनि मोडलिङलाई निरन्तरता दिने बताउँछिन् । ‘मानिसले जितबाट जति आफूलाई अगाडि लान सक्छ हारबाट त्योभन्दा धेरै अगाडि लान सक्छ भन्ने मान्यतालाई आत्सात गरेर अघि बढ्छु’ जयन्ती भन्छिन् ।
प्रेसिका चौधरी

दाङकी २४ वर्षिया प्रेसिका चौधरी ल्याब टेक्निसियन हुन् । उनलाई रनवे मोडलिङमा विशेष रुची छ । उनले चितवनमा चार÷पाँच वटा रनवे मोडलिङ गरेकी थिइन् । उनले अलि ठूलो प्लेटफर्म खोज्दै मोडल हन्ट प्रतियोगितमा आइपुगेको बताइन् ।
अडिसन दिने बेलासम्म उनले अभिभावकलाई आफू मोडल हन्ट प्रतियोगितामा भाग लिन लागेको जानकारी दिएकी थिइनन् । ट्रेनिङ सुरु भएपछि उनका अभिभावकले थाहा पाउनु भएको थियो । अहिले बाबा ममीले पनि सर्पोट गर्नु भएको छ प्रेसिका भन्छिन् ।
नियमित योगा गर्ने उनी आफ्नो बडी मोडलिङका लागि सुट गर्ने खालको रहेको बताउँछिन् । ट्रेनिङका क्रममा उनले रनवेवाक, बडी प्रोस्चर, आफूलाई प्रस्तुत गर्ने तरिका, सोसल मिडिया कसरी प्रिजेन्ट हुने आदि सिकेको बताइन् । उनले भविष्यमा मोडलिङलाई पनि अन्य कामसँगै अघि बढाउने योजना बनाएकी छिन् ।