उपलब्धिको रक्षा गर्दै समृद्धितर्फ अघि बढ्नुपर्छः प्रमुख सुवेदी

राम्रो अनलाइन     १६ माघ २०८१, बुधबार
उपलब्धिको रक्षा गर्दै समृद्धितर्फ अघि बढ्नुपर्छः प्रमुख सुवेदी

 

धनुषा– मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्राप्त उपलब्धिको संरक्षण गर्दै मुलुकमा स्थायी शान्ति र समृद्धिको बाटोमा अघि बढ्नसकेमा सहिदप्रतिको सच्चा सम्मान हुने बताएकी छिन् ।

आज सहिद दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकमा राजनीतिक परिवर्तन लोकतन्त्र स्थापनाका लागि ठूला–ठूला आन्दोलन भएका र यस क्रममा धेरै नेपाली नागरिकले बलिदानी दिनुभएको उल्लेख गरेकी हुन् ।  यसरी प्राप्त उपलब्धि बचाएर देशलाई समृद्धिको बाटोमा अघि बढाउनु अहिलेको आवश्यकता भएको उनको सन्देशमा उल्लेख गरिएको छ । 

देशमा सहिदको सम्मानार्थ सहिद दिवसमार्फत स्मरण गर्दै गर्दा उहाँहरुले देखाएको बाटो भुल्न नहुनेमा उनले जोड दिइन् । प्रमुख भण्डारीले लोकतन्त्र स्थापना भइसकेको अवस्थामा अब मुलुकमा स्थायी शान्ति कायम राखी विकास र समृद्धिलाई मेरुदण्ड बनाएर विकसित मुलुकको मापदण्डमा पुग्नुपर्ने अहिलको मुख्य चुनौती रहेको उल्लेख गरिन् ।

प्रदेश प्रमुख भण्डारीले विभिन्न चरणका आन्दोलनमा आफ्नो बलिदानी दिनुहुने ज्ञात–अज्ञात सहिदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
 

प्रतिक्रिया