बागमतीविरुद्ध एपिएफको सानदार जित

राम्रो अनलाइन     १० माघ २०८१, बिहिबार
बागमतीविरुद्ध एपिएफको सानदार जित

 

काठमाडौं– विभागीय टोली एपिएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा बागमती प्रदेश विरुद्ध १० विकेटको सानदार जित दर्ता गरेको छ ।

बिहिबार फाप्ला क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको ४३ रनको लक्ष्य एपिएफले ६.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।  एपिएफकी ममता चौधरीले सर्वाधिक २३ र राजमलि ऐरीले १४ रनको योगदान गरे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ निम्तो पाएको बागमतीले निर्धारित १८ ओभरमा आठ विकेट गुमाउँदै ४२ रनको योगफल तयार पारेको थियो। खराब मौसमका कारण टस ढिला भएपछि  खेललाई १८ ओभरमा झारिएको थियो ।

बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। एपिएफका लागि सुमन विष्टले तीन, रेखा रावल र विनु बूढाले समान दुई तथा कविता जोशीले एक विकेट लिए । अब सुपर फोरको अन्तिम खेलमा एपिएफले आर्मी र बागमतीले सुदूरपश्चिमको सामना गर्नेछन् ।

प्रतिक्रिया