काठमाडौं – काठमाडौंको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार खासै घटबढ भएको छैन। शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ। बिहीबारको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेकाे थियाे ।
शनिबार काठमाडौंको मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ। अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान छ।
एक सातामा कति घटबढ भयो?
गत शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस थियो। त्यसपछि शनिबार ५.७ र आइतबार र सोमबार ५ , मंगलबार ४.८, बुधबार ४.३ र बिहीबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो।