काठमाडौं–अभिनेता सविन श्रेष्ठले निर्माण गरिरहेको वेब सिरिज ‘ए घरबेटी बा’ मा चर्चित तथा ग्याल्मर मोडल मोनिका बुढाथोकीले मुख्य भूमिकामा अभिनय गरेकी छिन् । दिनेश खड्काले निर्देशन गरिरहेको सिरिजको एक सिजनमा ५ भाग हुनेछन् । प्रनुप थापाको कथा रहेको सिरिजमा सुलेमान शंकर इकु, प्रकाश श्रेष्ठ र बुढाथोकीको मुख्य भूमिका हुनेछ । सुमन बजगाईंको छायांकन रहने यो सिरिजको कथावस्तु कमेडी र लभस्टोरी रहेको बताइएको छ।

