सुनको मूल्यमा गिरावट

राम्रो अनलाइन     १४ पुस २०८१, आइतबार
सुनको मूल्यमा गिरावट

 

काठमाडाैं – साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो।

शुक्रबार एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ।

प्रतिक्रिया