ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणको फेसन सो (तस्बिरहरू) 

राम्रो अनलाइन     ३० मंसिर २०८१, आइतबार
ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणको फेसन सो (तस्बिरहरू) 

ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा चर्चित डिजाइनरले बनाएका लुगामा मोडलहरूले शनिवार बेलुकी क्याट वाक गरेका छन् । काठमाडौँको याक एण्ड यति होटलमा आयोजना गरिएको फेसन सोमा एक दर्जन बढी मोडलले १० जना डिजाइनरले बनाएका विभिन्न भेला, आयोजना तथा विशेष अवसरमा पहिरिने कपडाका डिजाइनहरू प्रस्तुत गरेका हुन् ।

विभिन्न विधा र शीर्षक अन्तर्गत प्रस्तुत गरिएका पहिरनमा मोडलले क्याट वाक गरेपछि नेपाली हिरो तथा हिरोइनहरूले पनि सो स्टपरको रूपमा र्याम्प नापेका थिए । चर्चित नेपाली अभिनेत्री मिरुना मगर, आना शर्माका साथै अभिनेता प्रदीप खड्का लगायतले सो स्टपरको रूपमा र्याम्पमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया