काठमाडौं – लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ । बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो सेक्टर घट्दा नेप्से परिसूचकलाई प्रभाव पारेको थियो । नेप्से ४५.८८ अंक (१.७१ प्रतिशत) बढेसँगै २७१५ मा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो ।