लुम्बिनीमाथि विराटनगरकाे राेमाञ्चक जित

राम्रो अनलाइन     १९ मंसिर २०८१, बुधबार
लुम्बिनीमाथि विराटनगरकाे राेमाञ्चक जित

 

काठमाडाैं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्स विजयी भएकाे छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा विराटनगरले लुम्बिनीमाथि २ विकेटले विजयी भएकाे हाे। लुम्बिनीले दिएकाे १९२ रनकाे लक्ष्य पछाएकाे विराटनगरले अन्तिम २ बल बाँकी छँदै पूरा गर्‍याे।

विराटनगरका लागि ओपनर लाेकेश बमले अर्धशतक प्रहार गरे। उनले ४७ बलमा ६ छक्का र ३ चाैकाकाे मद्दतमा ७१ रन प्रहार गरे।

भने, मार्टिन गप्टिलले २८, बसिर अमिदले ४० तथा क्रिस साेलले १४ रन प्रहार गरे।

 

प्रतिक्रिया