रोल्पा – रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ।
आज बिहान १० बजेतिर सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको हो।