यसवर्षको मिस इन्टरनेसनलको उपाधि भियतनामकी हुइन थी थान थुईले जितिन् । भियतनामले पहिलोपटक उपाधि जितेको हो । बोलिभियाकी क्यामिला रोका फस्ट रनरअप, त्यसपछि स्पेनकी अल्बा पेरेज, भेनेजुएलाकी साक्रा गुरेरो र इन्डोनेसियाकी सोफी किराना शीर्ष पाँचमा परे । उपाधिका लागि ७३ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

















