त्रिवि शिक्षण अस्पतालमा ३२ जना नर्स आवश्यकता

राम्रो अनलाइन     ०९ मंसिर २०८१, आइतबार
त्रिवि शिक्षण अस्पतालमा ३२ जना नर्स आवश्यकता

 

काठमाडौं– त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान शिक्षण अस्पतालमा ३२ जना स्टाफ नर्सका लागि दरखास्त खुलेको छ। स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो।

हाललाई ३२ जना लिइने भएपनि पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार यही योग्यताक्रम अनुसार पदपूर्ति गर्न सकिने बताइएको छ ।

त्रि.वि.वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको  भएको हुनुपर्नेछ। दरखास्त  मिति नियमित आगामी २५ गते र डबल दस्तुर तिरेर २९ गतेसम्म रहेको छ। दरखास्त दस्तुर १ हजार ५०० सय रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया