काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी दियो । यसैगरी लिगको मुख्य प्रयोजकमा सिद्धार्थ बैंक रहनेछ ।
क्यानको आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।