सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

राम्रो अनलाइन     २५ कात्तिक २०८१, आइतबार
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

 

काठमाडाैं – सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्चकाे न्यायाधीश पदमा नियुक्ति गरेका हुन्।

निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए भने पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए। संसदीय सुनुवाइ समितिले शुक्रबार सर्वोच्चकाे न्यायाधीशका लागि निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो।

प्रतिक्रिया