निशानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्दै

राम्रो अनलाइन     २३ कात्तिक २०८१, शुक्रबार
निशानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्दै

 

काठमाडौं–  जापानी कार निर्माता कम्पनी निशानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्ने भएको छ । कर्मचारी कटौतीको कारणमा निशानले चीन र अमेरिकामा बिक्री घटिरहेको र विश्वव्यापी रूपमा कार उत्पादनमा समस्या देखिएको उल्लेख गरेको छ ।

कम्पनीलाई उद्धृत गर्दै बीबीसीले विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको उल्लेख गरेको छ। निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाका अनुसार यी निर्णयहरू गर्नुको अर्थ कम्पनी आफैं संकुचित हुँदैछ भन्ने नभएको स्पष्ट पारेकी छन् ।

उनले भनेकी छन्, ‘निसानले आफ्नो व्यवसाय बढाउन र चुनौती सामना गर्ने क्षमता बढाउनका लागि पुनर्संरचना सुरु गर्नेछ।’

 

प्रतिक्रिया