काठमाडौं । हिजो अन्तिम अवस्थामा स्थागित गरिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। केही बेरमा पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ।
यस्तै आजको बैठकमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिका छलफल हुनेछ ।
एक नेताका अनुसार बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सत्ता समीकरणबारे महत्वपूर्ण निर्णय गर्ने सम्भावना छ ।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएको विषयमा पनि बैठकले संस्थागत बनाउनेछ । यस्तो बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा मंगलबारको स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादीले समर्थन फिर्ता नलिदै सत्ता समीकरणको प्रक्रिया अगाडि नबढ्ने बताइरहेको छ ।