मिस नेपाल अर्थ सुमना केसी फिलिपिन्समा आयोजना भइरहेको वातावरण सुन्दरी प्रतियोगिता मिस अर्थमा प्रतिस्पर्धा गरिरहेकी छिन् । उनले प्रतिष्ठित सौन्दर्य प्रतियोगिताको यो २४ औं संस्करणमा मुलुकको प्रतिनिधित्व गरिरहेकी छन् । सुमनाले मनिलामा अक्टोबर २२ देखि नोभेम्बर १० सम्म हुने मिस अर्थको प्रतिस्पर्धामा भाग लिनेछिन् । यसपटक मिस अर्थमा ‘सम्पदा’लाई केन्द्रित गरी थिम बनाइएको जनाउँदै उनले सोहीअनुसार चितवनको दिगो पर्यटन र जलवायु परिवर्तनको विषयलाई प्रस्तुत गर्ने बताइन् ।
नेपालको वनस्पतिलाई झल्काउने ढंगले नेसनल कस्ट्युम आफूले त्यहाँ प्रस्तुत गर्ने सुमनाले बताइन् । नेपालीको सहानभूति गर्ने विशेष स्वभाव आफूले मिस अर्थ जित्ने मुख्य आधार रहेको उनको तर्क छ । यसका लागि वाक, मेकअप, हेयर लगायत तयारी आफूले गरिसकेको उनले बताइन् । प्रतियोगितामा सहभागीहरूको विकिनी फोटो सुट पनि गरिएको थियो । विकिनीमा सुमना लगायत अन्य देशका प्रतिस्पर्धीहरू निकै बोल्ड र सुन्दर देखिएका थिए ।





















