सृष्टिलाई मिस पोखराको उपाधि

राम्रो अनलाइन     १४ कात्तिक २०८१, बुधबार
सृष्टिलाई मिस पोखराको उपाधि


कास्की– पोखरा काजीपोखरीकी सृष्टि खड्का यस वर्षको मिस पोखरा बन्न सफल भएकी छिन् । ११ औँ संस्करणको मिस उपाधिसँगै उनले स्कुटर र नगद ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छिन् । 

यस्तै रेखा गैरे पहिलो विजेता र जेसिका विश्वकर्मा घिमिरे दोस्रो विजेता बन्न सफल भए । उनीहरूलाई क्रमशः ३० हजार र २० हजार रुपियाँसहित विभिन्न उपहार प्रदान गरिएको छ । रेखाले उत्कृष्ट ‘इन्टेलेक्ट’ को समेत उपाधि जित्दा जेसिकाले उत्कृष्ट पहिरन तथा ‘क्याटवाक’ अवार्ड हात पारिन् ।  पोखार जेसिज इभेन्ट फर युको व्यवस्थापनमा छ वर्षपछि मिस पोखरालाई निरन्तरता दिइएको हो । सन् १९९५ मा पहिलो पटक मिस पोखरा भएकोमा पछिल्लो समय २०१८ मा आएर रोकिएको थियो ।  प्रतियोगिताको कोरियोग्राफी चर्चित कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धरले गरेकी थिइन् । 

प्रतिक्रिया