सुनको मूल्य स्थिर

राम्रो अनलाइन     ०९ कात्तिक २०८१, शुक्रबार
सुनको मूल्य स्थिर

 

काठमाडाैं – लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि बिहीबार पनि सुन सोही मूल्यमा कारोवार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ। बिहीबार तोलामा २ हजार ९५ रूपैयाँमा कारोवार भएको चाँदी आज २५ रूपैयाँले घटेर २ हजार ७० रूपैयाँमा कारोवार भइरहेको छ।  

प्रतिक्रिया