नेपालले हरायो अमेरिकालाई

राम्रो अनलाइन     ०२ कात्तिक २०८१, शुक्रबार
नेपालले हरायो अमेरिकालाई

 

काठमाडाैं – अमेरिकाविरुद्धकाे टी- २०आई सिरिजमा नेपालले विजय सुरुवात गरेकाे छ। नेपालले आफ्नाे पहिलाे खेलमा आयाेजक अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजय सुरुवात गरेकाे हाे।

नेपालले दिएकाे १६५ रनकाे लक्ष्य पछ्याएकाे अमेरिका निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रनमा सीमित भयाे। अमेरिकाका लागि शायन जहनगिरले ६०, एन्ड्राेइन गाैसले ३०, मिलिन्ड कुमारले २२ तथा जसदीप सिंहले १६ रनले बनाए। अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३ तथा करण केसी, गुलसन झा र रिजन ढकालले समान १-१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले ९ विकेट गुमाएर १६४ रन बनाएकाे थियाे।

नेपालका लागि कप्तान राेहितकुमार पाैडेलले ४९, दीपेन्द्रसिंहले २८ तथा आशिफ शेख र अनिलकुमार साहले समान २७-२७ रन प्रहार गरे। अब नेपालले सिरिजकाे दाेस्राे खेल आइतबार खेल्नेछ।

प्रतिक्रिया