रिद्धि सिद्धि सिमेन्टले आफ्ना ग्राहकलाई शिलान्यासका लागि पूजा सामग्री उपहार दिने

राम्रो अनलाइन     ०६ वैशाख २०७८, सोमबार
रिद्धि सिद्धि सिमेन्टले आफ्ना ग्राहकलाई शिलान्यासका लागि पूजा सामग्री उपहार दिने

रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकवर्गलाई शिलान्यासका लागि आवश्यक पर्ने ‘शिलान्यास पूजा सामग्री’ सेट उपहार दिने भएको छ ।

नयाँ वर्ष २०७८ को शुभ अवसरमा नयाँ भौतिक निर्माणको सुरुवात गर्न चाहेमा शिलान्यासका लागि आफ्ना ग्राहकवर्गलाई सानो भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गलाई सिमेन्टको प्रयोग पूर्ववैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना ल्याएको थियो ।

सोही योजनालाई निरन्तरता दिँदै नयाँ वर्ष २०७८ को शुभ अवसरमा शिलान्यास गर्न चाहने ग्राहकवर्गलाई कम्पनीले दिने पूजा सामग्री सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्न धातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ ।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुने र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया