राष्ट्रपति समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश 

राम्रो अनलाइन     २२ असोज २०८१, मङ्गलबार
राष्ट्रपति समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश 


काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरे। 

सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार हो भने । उनले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे।

प्रतिक्रिया