बाढीपहिरो पीडितका लागि तत्काल राहत र दीर्घकालीन पुनर्बासको काम भइरहेको छ : प्रधानमन्त्री ओली 

राम्रो अनलाइन     १७ असोज २०८१, बिहिबार
बाढीपहिरो पीडितका लागि तत्काल राहत र दीर्घकालीन पुनर्बासको काम भइरहेको छ : प्रधानमन्त्री ओली 


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढीपहिरो पीडितहरूलाई तत्कालका लागि राहत र दीर्घकालीन पुनर्बासको काम गरिरहेको जानकारी दिएका छन्।

नेपालीहरूको महान् पर्व पर्व बडादशैंको घटस्थापनाको शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले यसपाली अविरल वर्षाका कारण दशैं खल्लो हुन पुगेको उल्लेख गरे।

‘आज घटस्थापना, आजबाट हाम्रो महान् पर्व बडादशैंको नवरात्र सुरु भएको छ । आज जमरा राखिन्छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘यसपाली अविरल वर्षाका कारण हाम्रो दशैं खल्लो हुन पुग्यो । बाढी पहिरोले दुईसय भन्दा बढीको ज्यान गयो, कयौँ घाइते हुनु भएको छ, घरबार विहीन हुनुभएको छ । उहाँहरूको तत्कालका लागि राहत र दीर्घकालका लागि पुनर्बासको काम गरिरहेका छौँ । घटस्थापनाको सबैलाई शुभकामना !!’ 

प्रतिक्रिया