एपटिक मोडल सुपर स्टार, २०२४ सम्पन्न, यी हुन् ताज विजेताहरू (तस्बिरसहित) 

राम्रो अनलाइन     १४ असोज २०८१, सोमबार
एपटिक मोडल सुपर स्टार, २०२४ सम्पन्न, यी हुन् ताज विजेताहरू (तस्बिरसहित) 


काठमाडौं–मोडेल सुपर स्टार २०२४ प्रतियोगिता बौद्ध हेरिटेज, काठमाडौंमा भव्य समापन समारोहसहित सम्पन्न भयो, जहाँ उदाउँदो मोडलिङ प्रतिभाहरूले आफ्नो शैली, फेसन, र आकर्षण प्रदर्शन गरे। प्रतियोगितामा तेइस जना महिला र चौध जना पुरुष आकांक्षी मोडलहरूले सहभागिता जनाएका थिए, जसले विभिन्न आकर्षक चरणहरूमा प्रतिस्पर्धा गरे, प्रत्येकले आफ्नो शान र शैलीको प्रदर्शन गरे। प्रतियोगीहरूले चर्चित फेसन डिजाइनरहरू दुर्गा बिष्ट, सजिना बिष्ट, र चितवनबाट समीक्षा लामिछाने नेतृत्वमा डिजाइनरहरूको टोलीद्वारा तयार गरिएको आकर्षक पहिरनमा  र्‍याम्मा हिँडे। यी सुन्दर पहिरन र प्रतियोगीहरूको आत्मविश्वासले प्रतियोगितालाई एक भव्य फेसन शो बनायो।

पुरुषहरूको श्रेणीमा शिशिर र बसन्त लामिछाने जुम्ल्याहा दाजुहरूले उत्कृष्ट प्रदर्शन गर्दै मोडल सुपर स्टार २०२४ को शीर्ष स्थान हात पारे। महिला तर्फ, प्रशंसा बुढाथोकी विजयी भइन्, जसले आफ्नो सौन्दर्य र आत्मविश्वासले निर्णायकहरूलाई प्रभावित गरिन्। विजेताहरूलाई आयोजक टोलीका रमेश शाही, सञ्जय रौनियार, र प्रमिला सिलवाल द्वारा सम्मान गरियो । अलिशा बस्नेत ले फर्स्ट रनर अप को स्थान हासिल गरिन्,विशेष पुरस्कारहरूमा सुस्मिता श्रेष्ठ, अलिशा लो, र मनिषा राजवंशी लाई आयोजकको छनोट पुरस्कार प्रदान गरियो। मिस्टर र मिस मल्टिमिडिया को उपाधि प्रवेश पाण्डे र अलिशा बस्नेत लाई प्रदान गरियो, सर्वश्रेष्ठ पोशाक पुरुष र महिला को पुरस्कार आकाश झा र प्रशंसा बुढाथोकी ले जिते, अनुशासित पुरुष र महिला को श्रेणीमा राजीव महर्जन र आयुष्मा उप्रेती उत्कृष्ट ठहरिए। सर्वश्रेष्ठ वाक को पुरस्कार छेवाङ शेर्पा र कल्पना महतो ले जिते, जसले  र्‍याम्पमा आफ्नो आत्मविश्वास र शालीनता देखाए।

कार्यक्रममा प्याराडाइज ब्लाइन्ड र नेग्रो डेनिम नेपाल को स्टाइलिश जीन्स कलेक्सनले पनि प्रदर्शनी देखाइएको थियो, जसले कार्यक्रमको ग्ल्यामरस  वातावरणलाई अझ सुन्दर बनायो। मोडल सुपर स्टार २०२४ लाई स्मार्ट गफ एप ले प्रस्तुत गरेको थियो, र इमेज मेकर प्रा.लि. सँगको सहकार्यमा आयोजना गरिएको थियो। मुख्य प्रायोजकका रूपमा आइसीएस (इनोभेसन कम्युनिकेशन सिस्टम प्रा.लि.) रहेको थियो। कार्यक्रमको कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर र मिडिया व्यक्तित्व रोजिन शाक्य द्वारा गरिएको थियो, जसले कार्यक्रमलाई आकर्षक र व्यवस्थित बनायो। समारोहमा थप मनोरञ्जन प्रदान गर्नका लागि लोकप्रिय कलाकारहरू रामचन्द्र काफ्ले, सपान श्रेष्ठ, र हास्य कलाकार जीतु नेपाल ले आफ्ना प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।

प्रतिक्रिया