प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

राम्रो अनलाइन     ०३ असोज २०८१, बिहिबार
प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

 

काठमाडाैं – प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान भएकाे छ।

बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीहरूविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो। संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्का फरक-फरक बैठकले यादवलाई अस्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो। यादव कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन्। प्रधानन्यायाधीशमा प्रस्तावित राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालका सम्बन्धमा १० दिको समय दिएर सार्वजनिक उजुरीको सूचना प्रकाशित हुने छ र त्यसपछि मात्र थप सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।

परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरिषद्को साउन ३१ को बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो भने यादवलाई भदौ २४ को मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो।

प्रतिक्रिया