घट्यो सुनको मूल्य

राम्रो अनलाइन     ०१ असोज २०८१, मङ्गलबार
घट्यो सुनको मूल्य

 

काठमाडाैं – नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा छ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारसोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो।

छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँ कायम रहेको छ। सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले घटर एक हजार नौ सय पाँच निर्धारण  भएको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको थियो। 

प्रतिक्रिया